केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीद्वारा शेर्पाप्रति श्रद्धाञ्जलि

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

“विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका  आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.