शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन ८६ हजार ९६१ सङ्क्रमित, कूल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजारभन्दा बढी

सोमबार, ०५ असोज २०७७, १५ : ४६
सोमबार, ०५ असोज २०७७

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । 

भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।  प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा १ लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना, सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सिलका अनुसार भारतमा अहिलेसम्म ६ करोड  ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप