शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमित आयुर्वेद औषधी सेवन गर्नबाट वञ्चित भएः नेपाल आयुर्वेद चिकित्सक संघ

सोमबार, ०५ असोज २०७७, १४ : ४९
सोमबार, ०५ असोज २०७७

नेपाल आयुर्वेद चिकित्सक संघले अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत कोरोनाभाइरस संक्रमितलाई आयुर्वेद जडिबुटी औषधी नदिएको भन्दै आपत्ति जनाएको छ । अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितले आयुर्वेद जडिबुटी औषधी सेवन गर्ने इच्छा राखे पनि विभिन्न कारण देखाएर औषधी नदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरस संक्रमितको उपचारको लागि आयुर्वेद औषधी प्रभावकारी मानिए  पनि कतिपय अस्पतालहरुले सो औषधि सेवन गर्न नदिएको प्रति संघले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको छ । बिरामीले चाहेको खण्डमा आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था संविधान प्रदत्त मौलिक हक रहेको भएपनि चाहेको उपचार लिन पाउने आधारभूत मानव अधिकारबाट बिरामीलाई वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस समस्यालाई हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नेपाल आयुर्वेद चिकित्सक संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप