बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

सोमबार, ०५ असोज २०७७, १४ : ४८
सोमबार, ०५ असोज २०७७

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । 
प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ । 

यस्तै  सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ । 
मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो । हालसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा ३० जनाको मृत्यु भइसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप