शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको क्रममा ‘रिभेन्ज पोर्न’ का घटनामा अत्यधिक वृद्धि

सोमबार, ०५ असोज २०७७, १४ : १८
सोमबार, ०५ असोज २०७७

यो वर्ष कथित रिभेन्ज पोर्न (बदलाको रुपमा पोर्नको प्रयोग) को घटनामा वृद्धि देखिएको छ । जानकारका अनुसार लकडाउनको क्रममा यो समस्या अत्यधिक बढ्यो ।

बेलायतमा सरकारको तर्फबाट चलाइँदै गरेको हेल्पलाइनमा करिब २ हजार ५० रिपोर्ट आएका थिए । गत वर्षको तुलनामा यसको संख्यामा २२ प्रतिशतको वृद्धि भएको छ ।

लकडाउनको प्रतिबन्धमा छुट हुँदा पनि यी घटना वृद्धि भइरहेका छन् । हेल्पलाइन चलाउने मानिसहरुलाई यो ‘न्यू नर्मल’ बनिरहेको भन्ने कुरामा चिन्ता छ । अर्थात्, मानिसहरुले यसलाई अब निकै सजिलै स्विकार्न थालेका छन् ।

बेलायत, स्कटल्याण्ड र वेल्समा बिना सहमति कसैसँग पनि पोर्न सेयर गर्नु गैर–कानूनी हो ।

घरेलु हिंसाको च्यारिटी ‘रिफ्युज’ को हालैको शोधमा हरेक सातमध्ये एक जवान महिलाले उनलाई उनको अंतरंग तस्बिर बिना उनको सहमति सेयर गरिदिने धम्की आएको पाइएको छ ।

सन् २०१९ को तुलनामा यो वर्ष बेलायतको हेल्पलाइनमा रिभेन्ज पोर्नका अत्यधिक मामिला दर्ता गरिएका छन् । जुन मामिलामा रिपोर्ट भएको छ तीमध्ये दुई–तिहाई मामिलामा महिला समावेश छन् ।

हेल्पलाइन म्यानेजर सोफी मार्टिमरले लकडाउनका कारण मानिसहरुको यो व्यवहारमा परिवर्तन भइरहेको बताएकी छिन् । यो हेल्पलाइन च्यारिटी साउथ वेस्ट ग्रिड फर लर्निङको तर्फबाटा चलाइन्छ । यो यूके सेफर इन्टरनेट सेन्टरको हिस्सा हो ।

च्यारिटीले यस वर्ष २२ हजार ५ सय १५ तस्बिरलाई पीडितको ऊजुरीपछि हटाइएको छ । जति घटनाको जानकारी दिइएको छ, यो त्यसको ९४ प्रतिशत हो ।

‘द न्यू नर्मल’

यूके सेफर इन्टरनेट सेन्टरका निर्देशक डेविड राइटका अनुसार लकडाउनले थुप्रै अतिवादी परिस्थिती पैदा गरेको छ, जसका कारण थुप्रै समस्या पैदा भइरहेका छन् ।

‘यहाँ हामीले जे देखिरहेका छौं त्यसको लामो समयसम्म असर पर्न सक्छ । हामीले पहिलेको भन्दा धेरै नै व्यस्त हुनेछौं र यो चिन्ताको विषय हो कि यो भविष्यमा न्यू नर्मल हुनसक्छ ।’

घरेलु हिंसाको च्यारिटी विमन्स एडले आफ्नो अनुसन्धानमा पत्ता लगाए अनुसार आफ्ना उत्पीडकसँग बस्ने ६० प्रतिशतभन्दा बढी पीडितले महामारीको क्रममा उनीहरुको अनुभव असाध्यै भयानक रहेको बताएका छ ।

विमन्स एडको क्याम्पेन र पोलिसी म्यानेजर लुसी हेडलीका अनुसार ‘रिभेन्ज पोर्न’ उत्पीडनको एउटा साधारण तरिका हो ।

‘नीजि यौन तस्बिरलाई देखाउनु र यस्तो गर्ने धम्की दिनु उत्पीडनको एक सामान्य तरिका हो । विशेषगरी युवा महिलालाई यसको निशाना बनाइन्छ ।’

उनी थप्छिन्, ‘तस्बिरको आधारमा हुने उत्पीडन जसलाई कथित रुपमा रिभेन्ज पोर्न भनिन्छ, त्यसलाई वास्तविक जीवनमा हुने उत्पीडन झैं गम्भीरतापूर्वक लिनुपर्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप