शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर सुनजित तामाङ बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

सोमबार, ०५ असोज २०७७, १३ : ५६
सोमबार, ०५ असोज २०७७

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना सर्वोत्कृष्ण प्रहरी छनोट गरेर पुरस्कृत गर्न थालेको छ । भदौ महिनाको कामको मूल्यांकनको आधारमा इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत इन्सपेक्टर सुनजित तामाङ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

प्रदेश मातहतका १० जिल्ला र अन्य ६ वटा प्रहरी युनिटमा राम्रो काम गरेका मध्येबाट उत्कृष्ट प्रहरी छनोट गरिएको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त लामाले रातोपाटीलाई बताए । 
बागमती प्रदेश प्रहरी कार्यालयले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट मापदण्ड–०७७’ जारी गरेर राम्रो काम गर्नेलाई पुरस्कृत गर्न शुरु गरेको हो । 

उत्कृष्ट प्रहरीको तस्बिर प्रदेश मातहतका सवै युनिटमा राख्न प्रदेश प्रहरी कार्यालयले सर्कुलर गरेको छ । महिनाको उत्कृष्ट प्रहरी हुन सफल कर्मचारीलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइने लामाले बताए । उनले भने,‘कामको प्रभावकारीता र थप हौसला प्रदान गर्न सर्वोत्कृष्ट प्रहरी घोषणा गर्न थालेका हौँ ।’

उत्कृष्ट प्रहरी छनोटका लागि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको अध्यक्षतामा समिति गठन गरिएको छ । भदौ महिनाको सर्वोत्कृष्ट हुन सफल इन्सपेक्टर तामाङले गैह्रकानुनी काममा संलग्न र फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । कोरोना संक्रमितको उचित व्यवस्थापन र बाढी–पहिरोको जोखिममा रहेका स्थानियलाई सुरक्षित स्थानान्तरणका लागि उनको महत्त्वपूर्ण भूमिका खेलेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश मातहतका १६ युनिटले हरेक  महिना आफू मातहतबाट ‘उत्कृष्ट प्रहरी’ घोषण गर्छन् । साउन महिनामा प्रदेश मातहतका कार्यालयबाट १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप