मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

सोमबार, ०५ असोज २०७७, १३ : २९
सोमबार, ०५ असोज २०७७

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् ।
प्रदेश नम्बर २ मा कोरोना महामारीको अवस्था भयावह रहेको देखाउँदै उनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गरेका हुन् ।

कोरोना महामारीको वर्तमान अवस्थामा प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित रहेकाले भदौ २४ गते हुन लागेको अधिकारिक ट्रेड युनियनको निर्वाचन गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।
मुख्यमन्त्री राउतले थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई निर्वाचन स्थगन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्रमार्फत अनुरोध गरेका छन् ।
केहीदिन अघि मधेशवादी दल निकट निजामती कर्मचारीको ट्रेड यूनियनले मुख्यमन्त्री राउतलाई एक पत्र लेख्दै निर्वाचन स्थगन गर्नका लागि दबाब दिएको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नवगठित नेकपा निकटको निजामती कर्मचारी संगठन समेत एकीकृत भएपछि मधेशवादी दल निकट कर्मचारी संगठनलाई निकै समस्या पर्ने भएपछि उनीहरुले मुख्यमन्त्री राउतलाई गुहारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप