श्रद्धा कपुर र अली खानलाई नारकोटिक्स ब्यूरोले सोधपुछ गर्न सक्ने, रियाले दुबैको नाम लिएको दाबी

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ । मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।
ड्रग्स केसमा रियासमेत २० जना पक्राउः
रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ । यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।
रियाले एनसीबीलाई २५ सेलिब्रिटीको नाम बताएको रिपोर्टमा दाबीः
मिडिया रिपोर्टका अनुसार रियाले श्रद्धा र सारासमेत बलिउडका २५ सेलिब्रिटीको नाम एनसीबीलाई बताएकी छिन् । उनीहरुमाथि ड्रग्स लिएको वा ड्रग्सको नेटवर्कसँग जोडिएको आरोप छ ।
सुशान्तकी पूर्व म्यानेजरसँग आज सोधपुछः
नायककी पूर्व म्यानेजर श्रुती मोदी र ट्यालेन्ट म्यानेजर जया साहालाई एनसीबीले आज सोधपुछका लागि बोलाएको छ । गत हप्ता एनसीबीको एक समूहका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि श्रुती र जयासँग सोधपुछ हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला