प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ
सोमबार, ०५ असोज २०७७, १२ : ५५
मोरङ । विराटनगर महानगरपालिका-९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् ।
उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा