शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भेरी अस्पतालमा कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

सोमबार, ०५ असोज २०७७, १२ : ३५
सोमबार, ०५ असोज २०७७

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उनको मृत्यु भएको छ । 

कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । अस्पतालमा उनको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

पुरानो दम र श्वासप्रश्वास समस्याबाट पीडित ती व्यक्तिलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत स्वास्थ्य अवस्थामा सुधार नआइ मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ ।  योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । अन्य जिल्ला घर भई बाँकेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या चार रहेको अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप