बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबारबाट किशोरको ‘अड्डा’

सोमबार, ०५ असोज २०७७, १२ : १२
सोमबार, ०५ असोज २०७७

काठमाडौं । कलाकार किशोर भण्डारीको लेखन÷निर्देशन रहेको हास्यश्रृंखला ‘अड्डा’ मंगलबार (असोज ६)बाट प्रसारमा आउने भएको छ । डिसहोमको कमेडी प्लस च्यानल नम्बर १०७ बाट श्रृंखला प्रसारमा आउन लागेको निर्देशक भण्डारीले जानकारी दिए ।

लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि कमेडी बिषयमा ‘डिट्ठा साब’ निर्माण गरेका थिए । भण्डारीले ‘अड्डा’ सामाजिक कथामा ल्याउन लागेका हुन् ।
‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै विषय रमाइलो ढंगबाट श्रृंखलामा देखाइनेछ’ भण्डारीले श्रृंखलाको बारे भने ।

किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र.श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा, लिला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, बिक्रमजङ शाह, अजय अधिकारी, सुशिल फुयाल, कुशल खनाल, सुमा लामिछाने , कृष्ण भण्डारीलगायतको श्रृंखलामा अभिनय देख्न सकिन्छ ।

प्रवेश पोखरेलको छायाँकन, दुर्लभ श्रेष्ठको सम्पादन रहेको श्रृंखलाको निर्देशन सहयोगी रेश्मा तिमल्सिना हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप