केन्द्रीय संस्करण

सहकारी संस्थाहरुका लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ‘ट्रस्टएमल सिस्टम’ सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा बैंकिंङ सफ्टवेयर उपलब्ध गराउने इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबीच पारस्परिक सहयोग उपलब्ध गराउने समझदारी भएको छ । 

सो समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी ले हस्ताक्षर गरेका छन् ।

यस समझदारीबाट सहकारी संस्थाहरुले  अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी बिभागले समय समयमा दिएका निर्देशन बमोजिम  ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरण को आधारमा जोखिम निर्धारण गर्न सक्नेछन् ।  ग्राहकको पेशा, स्थान, व्यवसाय को प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी  च्यानेलसमेतको आधारमा जोखिम निर्धारण गर्न सक्नेछन् । ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन् ।

यसका अतिरिक्त  ट्रस्टएमल सिस्टम को प्रयोगबाट सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक मध्यमबाट पठाउन सक्नेछन् ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्राबधानको कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्थासम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.