शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

सोमबार, ०५ असोज २०७७, १२ : ०१
सोमबार, ०५ असोज २०७७

पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास  जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । 

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप