शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

सोमबार, ०५ असोज २०७७, ११ : ५२
सोमबार, ०५ असोज २०७७

काठमाडौं । मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो । 

रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै डुबेको अवस्थामा मृत फेला परेका छन् । 

घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप