शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो  पाउँदै

सोमबार, ०५ असोज २०७७, ११ : १८
सोमबार, ०५ असोज २०७७

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ ।

‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।

“कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उनले भने, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए । 

स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् । 

“कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन”, उनले भने, “लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।” विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप