शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

सोमबार, ०५ असोज २०७७, ०८ : ४७
सोमबार, ०५ असोज २०७७

भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् ।

यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ । सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप