शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका केन्द्रीय सदस्यको मासिक तलब कति ?

राजनीतिलाई पेशा बनाएपछि भ्रष्टाचार बढ्छ : विश्लेषक श्रेष्ठ
सोमबार, ०५ असोज २०७७, १८ : ००
सोमबार, ०५ असोज २०७७

काठमाडौँ । २८ महिनाअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । यसका लागि नेकपाले आइतबारबाट सुरु भएको सचिवालय बैठकमा कार्यसूची नै लगेर छलफल थालेको हो ।

‘केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने प्रस्ताव राखिएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तलदेखि माथिसम्मका पूर्णकालिन कार्यकर्तालाई सहयोग गर्ने पहिलाबाटै अभ्यास हुदै आएको थियो ।’

प्रदेश, जिल्ला वा स्थानीय तहमा भने यसबारेमा सम्बन्धित कमिटीले नै छलफल र निर्णय गर्नेछन् । तर, केन्द्रीय सदस्यहरुको हकमा भने सचिवालयमा छलफल गरेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकमा केन्दीय सदस्यहरुलाई दिइने तलबलाई नेकपाले आर्थिक सहयोगका रुपमा व्याख्या गरेको छ । यसबारे आज बस्ने बैठकमा विस्तृत छलफल हुनेछ ।

नेकपा गठन अघि (तत्कालिन एमाले र माओवादी केन्द्र) दुवै पार्टीले पूर्णकालिन (होल टाइमर) कार्यकर्तालाई मासिक तलव दिने गरेका थिए । यद्यपि उनीहरुलाई त्यसबेला पनि तलब नै नभनेर न्युनतम खर्चका रुपमा दिने गरिएको थियो ।

त्यसक्रमा साविक नेकपा (एमाले)ले नवौँ महाधिवेशनपछि निर्वाह खर्च भनेर केन्द्रीय सदस्यहरुलाई मासिक १० हजार रुपैयाँ दिने गरेको थियो भने माओवादी केन्द्रले जनयुद्धका बेलादेखि नै दैनिक खर्चबापत भनेर सावुन, मञ्जन, जुत्ता, लगातका शिर्षकमा रकम दिने गरेको थियो । त्यसबेला खाना खर्च भने मेसमा नै हुने गरेको थियो ।

शान्ति प्रकृयापछि पनि होलटाइमर नेताकार्यकर्तालाई माओवादी केन्द्रले व्यक्ति र जिम्मेवारी हेरेर यस्तो खर्च दिने गरेको थियो । माओवादी केन्द्रले शान्ति प्रकृयापछि त्यस्ता कार्यकर्तालाई खासगरी कोठाभाडा र खाना खर्च भनेर दिन थाल्यो । तर, दुई पार्टी एकीकरणपछि भने यो क्रम टुटेको थियो ।

‘बहुदल आएपछि एकमुस्ट महिनाको एक हजार भनेर पूर्णकालिन केन्द्रीय सदस्यलाई दिन थालियो । त्यसैबाट सबै खर्च चलाउनुपथ्र्यो’, ज्ञवालीले भने, ‘त्यसबेला सवै केन्द्रीय सदस्य पूर्णकालिन हुन्थे ।’ पछि त्यो रकम बढ्दै गयो १५ सय, २ हजार हुँदै माओवादी केन्द्रसँग एकता गर्ने बेलासम्म १० हजार पुगेपनि पछिल्लो एकीकरणपछि त्यो टुटेको थियो ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कम्युनिस्ट पार्टीमा होलटाइमर कार्यकर्तालाई पहिलेदेखि नै आर्थिक सहायता दिने गरेपनि यतिउति भन्ने नभएको बताए । ‘आवश्यक सहयोग गर्ने गरिएको थियो । यसो गर्दा नेता कार्यकर्ताको संगठनमा सक्रियता बढ्छ । विश्वास, सक्रियता, भावनात्मकता र अपनत्व त्यसले प्रतिनिधित्व गर्छ’, पौडेलको भनाइ छ ।

नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले पञ्चायतकालदेखि नै कार्यकर्तालाई खर्च वापत रकम दिने गरिएको बताए । उनले त्यसवेला दैनिक हुने खर्च लेखेर राख्ने र बैठक बसेका बेला हिसाब विवरण देखाएपछि पैसा पाइने गरेको सुनाए । त्यस्तो खर्च लेवीबाट उठ्ने गरेको पनि उनले जानकरी दिए । ‘त्यसबेला पनि लेवी तिर्ने संगठित कार्यकर्ता हुन्थे त्यसरी जम्मा भएको रकम पार्टी काममा खटिनेलाई हिसाबका आधारमा दिइन्थ्यो’, नेता ज्ञवालीले रातोपाटीसँग भने, ‘एकमुष्ट भनेर दिइँदैन थियो आवश्यक औषधी उपचार लगायतका न्युनतम खर्च भनिन्थ्यो ।’

तर बहुदल आएपछि सानातिना खर्च पार्टीमा बुझाइरहनु नपर्ने व्यवस्था भएको ज्ञवालीले बताए । ‘बहुदल आएपछि एकमुस्ट महिनाको एक हजार भनेर पूर्णकालिन केन्द्रीय सदस्यलाई दिन थालियो । त्यसैबाट सबै खर्च चलाउनुपथ्र्यो’, ज्ञवालीले भने, ‘त्यसबेला सवै केन्द्रीय सदस्य पूर्णकालिन हुन्थे ।’ पछि त्यो रकम बढ्दै गयो १५ सय, २ हजार हुँदै माओवादी केन्द्रसँग एकता गर्ने बेलासम्म १० हजार पुगेपनि पछिल्लो एकीकरणपछि त्यो टुटेको थियो ।

‘सरकारमा या कुनै नियुक्ति र पदमा पुगेकाहरु तलब खाइरहेका हुन्छन् । तर बाहिर बसेकाहरुलाई न्युनतम खर्च चलाउन पनि समस्या हुने गरेकोे थियो । सचिवालयमा यसबारे प्रस्ताव र छलफल चल्नु सकारात्मक हो’, नेता ज्ञवालीले भनाइ छ ।

कतिपयलाई नियमित हुने खर्च धान्न नै समस्या पर्ने भएकाले पार्टीले त्यस्तो व्यवस्था गरेमा उसको पार्टीप्रति लगाव बढ्ने र जिम्मेवारीबोध समेत हुने ज्ञवालीको बुझाइ छ । तर, त्यस्ता व्यक्ति कति छन् भन्ने पहिचान गर्नुपर्ने उनको सुझाव छ । ‘घर व्यवहार नै चलाउने पैसा त पार्टीले दिन सक्दैन । तर पुर्णकालिनलाई निजी खर्चको व्यवस्था गर्नुपर्छ जवकी उसले सम्पूर्ण समय पार्टी काममा दिन सकोस् । यसो गर्दा पार्टीको काम पनि प्रभावकारी हुन्छ’, ज्ञवालीको भनाइ छ ।

‘अब केन्द्रीय सदस्यलाई कति रुपैयाँ दिए न्युनतम खर्च चल्ला त ?,’ भन्ने प्रश्नमा ज्ञवालीले महँगी र उसको जिम्मेवारीअनुसार हेरेर सचिवालयले निर्णय लिनुपर्ने बताए । ज्ञवालीले अहिले त मोवाइल खर्च नै धेरै हुने र त्यसपछि यातायात खर्च लगायत फुटकर खर्च नै इमान्दार र केही नगर्ने नेता कार्यकतालाई धान्न कठिन छ ।

हुन त पहिले–पहिले कम्युनिस्ट पार्टीमा लाग्नेहरु निम्न वर्गका मानिसहरु मात्रै हुन्थे । उनीहरुको जागिर, व्यापार व्यवसाय पनि हुँदैन थियो । तर अहिले व्यापार व्यवसाय नहुने र ठेक्कापट्टा नगर्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता अन्त्यन्त न्युन छन् ।

एकजना केन्द्रीय सदस्य व्यङ्ग्य गर्दै भन्छन्, ‘अहिले नेकपाका धेरै नेता कार्यकर्ता आर्थिक रुपमा काँग्रेसलाई नै जितेका छन् । दैनिक लाखौँ खर्च गर्नसक्ने हैसियतका नेता कार्यकर्तालाई पार्टीले दिने १०–२० हजारको मूल्य नै नहुन सक्छ ।’

भ्रष्टाचार बढ्नसक्छ : विश्लेषक श्रेष्ठ

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पहिला होलटाइमर कार्यकर्ता हुने र उनीहरुको जिविकाको लागि दिइने गरेपनि अहिले त्यो अवस्था नरहेको बताउँछन् ।

उनले राजनीति भनेको सेवाभाव भएको भन्दै राजनीतिलाई पेशा बनाउनै दिन नहुने बताए । ‘राजनीतिलाई पेशा बनाउनै दिइनुहुन्न । तर अहिले राजनीतिलाई पेशा बनाइएको छ र सारा विकृति त्यहीँबाट आइरहेको छ । राजनीतिलाई पेशा बनाउन थालिएपछि छोराछोरी त्यहीबाट पाल्नुपर्यो, गाडी, घर घडेरी जोड्नुपर्यो । त्यसो भएपछि पैसा कहाँबाट ल्याउने ? पैसा कमाउनका लागि भ्रष्टाचार गर्नतिर लाग्छ,’ श्रेष्ठको विश्लेषण छ ।

‘पार्टीको अफिस होल्डरहरु हुन्छन् । पार्टी कार्यलयमा जसरी सरकारी कार्यालयमा होल्ड गरेका कर्मचारी हुन्छन्, हो त्यस्तालाई दिनुपर्छ । कार्यालयमा ९–१० घण्टा डिउटी गर्ने जो छन् उनीहरुले अरु काम गर्न भ्याउदैनन्, त्यस्तालाई दिनु अस्वभाविक होइन । बाँकी जो हुन्छन् आफ्नो पेशा गर र त्यो पेशाले बाँच भन्ने हो । यदि कसैले पार्टी कामको लागि लामो यात्रा गर्नुपर्ने भयो भने त्यस्तोमा दिनुपर्छ । तर, वाँकीले स्वयम्सेवा नै गर्नुपर्ने हुन्छ’, विश्लेषक श्रेष्ठको भनाइ छ ।

अहिले त नेता कार्यकर्ताहरुलाई आफ्नो ढङ्गले बाँच्न भनिएको स्मरण गर्दै श्रेष्ठले होलटाइमर कार्यकर्ता भन्ने कन्सेप्ट नै हटाउनुपर्ने सुझाव दिए । ‘किनभने यसले राजनीतिलाई पेशा बनाउने मान्छे खडा गर्छ । राजनीतिलाई पेशा बनाएपछि भ्रष्टाचार त्यहीँबाट पैदा हुन्छ । सबैलाई आ–आफ्नो जिविकाबाट गर, स्वयम्सेवाकोे रुपमा राजनीति गर भन्नुपर्ने हो’, श्रेष्ठले रातोपाटीसँग भने, ‘राजनीतिलाई पेशा बनाउनेहरुले नै नेपाल सिध्याए ।’

उनले राजनीति भनेको सेवाभाव भएको भन्दै राजनीतिलाई पेशा बनाउनै दिन नहुने बताए । ‘राजनीतिलाई पेशा बनाउनै दिइनुहुन्न । तर अहिले राजनीतिलाई पेशा बनाइएको छ र सारा विकृति त्यहीँबाट आइरहेको छ । राजनीतिलाई पेशा बनाउन थालिएपछि छोराछोरी त्यहीबाट पाल्नुपर्यो, गाडी, घर घडेरी जोड्नुपर्यो । त्यसो भएपछि पैसा कहाँबाट ल्याउने ? पैसा कमाउनका लागि भ्रष्टाचार गर्नतिर लाग्छ,’ श्रेष्ठको विश्लेषण छ ।

उनले भ्रष्टचारको स्रोत नै राजनीतिलाई पेशा बनाउने प्रवृतिका कारण बढेकाले भ्रष्टाचार समाप्त पार्नका लागि होलटाइमर पोल्टिसियन भन्ने नै नेपालको राजनीतिबाट हटाउन सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप