शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजयी शुरुवात

सोमबार, ०५ असोज २०७७, ०७ : ५०
सोमबार, ०५ असोज २०७७

क्रिस्टियानो रोनाल्डोले गोल गर्दा नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसले इटालियन सिरिए ए को पहिलो खेलमा साम्पडोरियामाथि ३–० को सहज जीत हासिल गरेको छ ।

स्वीडेनका विंगर डेजान कुलुसेभस्कीले आफ्नो डेब्यु खेलमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । लियोनार्डो बोनुचीले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यमा आरोन रामशेको पासमा रोनाल्डोले गोल गर्दै युभेको जीत सुनिश्चित गरे ।

युभेन्टसका पूर्व मिडफिल्डर पिर्लोसँग सिनियर टोलीको प्रशिक्षण गरेको कुनै अनुभव छैन । गत अगस्तमा उनी माउरिजियो सारीको स्थानमा क्लबको म्यानेजर नियुक्त भएका थिए । उनले प्रशिक्षकको ब्याज पनि गत हप्तामात्र प्राप्त गरेका हुन् ।

इटालियन सरकारले स्टेडियममा १ हजारसम्म समर्थक आउन पाउने गरी नियम खुकुलो गरेपछि आइतबारको खेलमा थोरै संख्यामा दर्शकहरु मैदानमा उपस्थित थिए ।

आइतबारभएका अन्य खेलमा नापोलीले पार्मालाई २–० ले हरायो भने जेनोआले क्रोटोनेमाथि ४–१ को जीत हासिल गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप