अनुराग कश्यपमाथि लागेको आरोपमा खुलेर बोलिन् पूर्व श्रीमतीः भनिन्, ‘अहिलेसम्मको सबैभन्दा घटिया व्यवहार’
बलिउड फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । यसमा उनकी पहिलो श्रीमती आरती बजाज उनको समर्थनमा आएकी छिन् । निर्देशककी पूर्व–श्रीमती आरतीले अनुराग कश्यपको एक ट्वीटको स्क्रिनसट साझा गरेकी छिन् ।
उनले लेखिन्, ‘म जेठी श्रीमती हुँ । अनुराग कश्यप तपाईं एक रकस्टार हुनुहुन्छ । महिलालाई सधैं झैं सशस्त गरिरहनुहोस् र उनका लागि सबैभन्दा सुरक्षित स्थान बनाइरहनुहोस् । म यो सबैकुरा हाम्रा छोरीका लागि देख्छु । यहाँ कोही पनि इमान्दार छैनन् र संसार हारेका र दिमाग नभएका मानिसहरुले भरिएको छ ।’
उनले थपिन्, ‘घृणाका लागि लाग्ने ऊर्जा यदि कोही राम्रा काममा लगाउने हो भने संसार एक उत्कृष्ट स्थान बन्न सक्छ । मैले अहिलेसम्म जे देखेँ, यो तीमध्ये सबैभन्दा घटिया व्यवहार हो । सुरुमा मलाई यो पढेर निकै रिस उठ्यो र त्यसपछि म बेस्सरी हाँसे किनभने यो बनावटी बाहेक अरु केही हुन सक्दैन । तपाईंले यी सब झेल्नुपरेको छ, यसका लागि मलाई माफ गर्नुहोस् । उनीहरुको यहि स्तर हो । तपाईं आफ्नो आवाज प्रयोग गरिरहनुहोस् । हामी सबै तपाईंलाई प्रेम गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण