१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न
बझाङ – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।
अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।
विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।
सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।
विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए ।
दशैँसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शैलेन्द्र रोकायाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला