शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूसा बन्यो सिंह

सोमबार, ०५ असोज २०७७, ०२ : १६
सोमबार, ०५ असोज २०७७

 

जंगल नजिकको आश्रममा एकजना साधु बस्ने गर्थे । एक दिन उनले देखे– एउटा मूसोलाई बिरालोले खेदिरहेको छ । साधुलाई दया लाग्यो । उनले आफ्नो शक्तिले त्यो भागिरहेको मूसोलाई बिरालो बनाइदियो । बिरालो बनेपछि मूसाको ज्यान बच्यो ।

त्यो बिरालो साधुको आश्रममै बस्न थाल्यो ।

एक दिनको कुरा हो, त्यो बिरालोलाई कुकुरले हमला गर्यो । साधुलाई दया लाग्यो । उसले बिरालोलाई पनि कुकुर बनाइदियो ।

एक दिन चाहिँ त्यो कुकुरमाथि सिंहले आक्रमण गर्न खोज्यो । त्यो देखेर हत्तनपत्त साधुले पनि कुकुरलाई सिंह बनाइदियो ।

मूसोबाट बिरालो, कुकुर हुँदै सिंह बनेको यो कुरा सारा गाउँलेलाई थाहा थियो । त्यसैले सबैजना साधुले मूसोलाई सिंह बनाइदिएको भन्दै खिल्ली उडाउँथे । उनीहरु साधुले चाहेमा फेरि मूसो नै बनाइदिन सक्ने भन्दै त्यो सिंहसँग कत्ति पनि डराउँदैनथिए ।

त्यो सुन्दासुन्दा सिंह बनेको मूसोको मनमा गलत विचार पलायो । यो साधु जीवित छउन्जेल सबैले मलाई यसरी नै हेपिबस्नेछ । बरु म यो साधुलाई नै खाइदिन्छु  । त्यसपछि त सबैजना मसँग डराउन थाल्नेछन्, मलाई हेप्ने छैनन् ।

सिंह बनेको मूसो साधुलाई खान लम्किए । उनको चालमाल देखेर साधुले थाहा पाइहाले– यसको नियत खराब छ । उनले तुरुन्तै आफ्नो शक्तिले त्यो सिंहलाई मूसो बनाइदिए ।

साधुको दयामायाले मूसो शक्तिशाली बनेको थियो । तर उसले गल्ती गर्यो । ऊ आफूलाई शक्तिशाली बनाइदिने साधुविरुद्ध नै जाइलाग्यो । त्यसैको फल उनी पहिलेकै अवस्थामा झर्नुपर्यो ।

Title Picture: https://encrypted-tbn0.gstatic.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप