केन्द्रीय संस्करण
हाम्रा वैज्ञानिक

विज्ञानलाई बोक्दा चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली

person explore access_timeअसोज ४, २०७७ chat_bubble_outline0
https://brewminate.com

 

 

के ईश्वरले गल्ती गर्छन् ?”

 “अहँ, गर्दैनन् ।”

 “बाइबलले झूठ बोल्छ ?”

 “ओहो ! त्यस्तो पनि हुन्छ र ? बाइबलले झूठ बोल्नै सक्दैन ।”

 “अनि, बाइबलले स्वीकारेको झूठ सत्य हुन्छ र ?”

 “त्यो त हुनै सक्दैन । बाइबल परम सत्य हो । त्यसले जे सत्य देख्छ, त्यो सत्य हुन्छ । त्यसले जेलाई झूठ भन्छ,  त्यो झूठ हुन्छ ।”

हो, इसाई धर्मान्धहरु यसरी नै कुरा गर्छन् । धर्मान्धहरु इसाईहरु मात्र होइनन्, जुनसुकै धार्मिक सम्प्रदायका भएपनि सबैले आ–आफ्नै धर्मग्रन्थहरुलाई सर्वश्रेष्ठ, अपरिवर्तनीय र परम सत्यको रुपमा व्याख्या गर्छन् । तर मानव ज्ञान र चेतनाको विकासले हिजो सर्वश्रेष्ठ, अपरिवर्तनीय र परम सत्य भनिएको कुनै पनि ग्रन्थलाई आज गलत, अपूर्ण वा पछौटेको रुपमा विश्वसामु छर्लङ्गग्याइदिएको छ ।

“बाइबलमा झूठ हुँदैन, किनकि त्यो ईश्वरको शब्दले भरिएको छ । बाइबलले जेलाई सत्य भन्छ, त्यही नै सत्य हो । अरु जम्मै झूठ हुन् । पोपहरु ईश्वरका प्रतिनिधि हुन् । उनीहरुले कहिल्यै झूठ बोल्दैनन् । चर्चले बेठीक कहिल्यै गर्दैन । त्यसले कहिल्यै गल्ती गर्दैन ।”

– इसाई धर्मान्धहरु अझै यस्ता कुराहरुमा विश्वास गर्छन् ।

सन् १९९२ को अक्टोबर महिनामा सम्भवतः पहिलोचोटि विश्व इसाई केन्द्र रोमको चर्चले त्यस समयभन्दा ३ सय ६० वर्ष पहिले आफूले गल्ती गरेको कुरा स्वीकार्‍यो । कस्तो अचम्म ! गल्ती कहिल्यै गर्दैन भन्ने मान्यतामा बसेको चर्चले आखिर आफू परमसत्य रहेको उद्घोषलाई त्यागेर ‘त्यतिखेर चर्चबाट गल्ती भएको थियो’ भन्न बाध्य भयो । त्यो गल्ती के थियो त ?

तर सन् १९९२ को अक्टोबर महिनामा सम्भवतः पहिलोचोटि विश्व इसाई केन्द्र रोमको चर्चले त्यस समयभन्दा ३ सय ६० वर्ष पहिले आफूले गल्ती गरेको कुरा स्वीकार्‍यो । कस्तो अचम्म ! गल्ती कहिल्यै गर्दैन भन्ने मान्यतामा बसेको चर्चले आखिर आफू परमसत्य रहेको उद्घोषलाई त्यागेर ‘त्यतिखेर चर्चबाट गल्ती भएको थियो’ भन्न बाध्य भयो । त्यो गल्ती के थियो त ?

हो, त्यो गल्ती थियो– सोह्रौं शताब्दीको उत्तरार्द्ध र सत्रौं शताब्दीको पूर्वार्द्धका महान वैज्ञानिक ग्यालिलियो ग्यालिलीलाई चर्चको विश्वास विपरीत भौतिक–विज्ञानी तथा खगोल विज्ञानी सिद्धान्त प्रतिपादन गरेको भनी धार्मिक अदालत खडा गरी निर्मम सजायँ दिनु । वैज्ञानिक ग्यालिलियोले ब्रम्हाण्डको केन्द्र पृथ्वी नभई सूर्य भएको तर्क तथा प्रमाण पेश गरेका थिए । उनले आफ्ना अग्रज पोलिश वैज्ञानिक निकोलस कोपर्निकस

(सन् १४७३–१५४३) ले ल्याएको सूर्य केन्द्रित सिद्धान्त (Heliocentric Universe)  लाई गणितीय तथ्य तथा व्यवहारिक प्रमाणद्वारा पुष्टि गरेका थिए । त्यस सिद्धान्तअनुसार, ब्रम्हाण्डमा पृथ्वीलगायत सम्पूर्ण ग्रह, नक्षत्रहरुले सूर्यलाई आ–आफ्नो वृत्ताकार बाटोमा रही परिक्रमा गर्छन् । तर, चर्चले भने शुरुदेखि नै इशापूर्व पाँचौ शताब्दीका ग्रीक दार्शनिक प्लेटोले ल्याएको र पछि इशापूर्व चौथो शताब्दीमा यूनानी दार्शनिक अरस्तू तथा इशाको दोस्रो शताब्दीका अलेक्जेण्ड्रियाका गणितज्ञ टोलेमीले विकसित गरेको पृथ्वी केन्द्रित सिद्धान्तलाई सत्य मान्दै आएको थियो । त्यस सिद्धान्त अनुसार, ब्रम्हाण्डको केन्द्र पृथ्वी हो, पृथ्वी स्थिर छ र यसलाई खगोलका सूर्यलगायत सम्पूर्ण ग्रह–नक्षत्रहरुले वृत्ताकार बाटोमा परिक्रमा गर्छन् । त्यसैले चर्चको मान्यता विपरीतको विचार प्रचार गरेबापत रोमको धार्मिक अदालतले ग्यालिलियोलाई दोषी ठहर्‍याई सजायँ दियो । तर ग्यालिलियोलाई सजायँ दिइएको ३ सय ६० वर्षपछाडि चर्चले त्यो कार्य आफ्नो गल्ती भएको स्वीकार्‍यो ।

ग्यालिलियोको जन्म र  जीवनको शुरुकाल

https://galileo-camps.com

ग्यालिलियो अर्थात् ग्यालिलियो ग्यालिलीको जन्म इटालीको पीसा शहर नजिक तुस्कानी भन्ने स्थानमा सन् १५६४ को फेब्रुअरी १५ तारिखको दिन भएको थियो । उनका बाबु विन्सेन्जियो ग्यालिली एक संगीतज्ञ थिए । उनले सांगितिक क्रान्तिमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । विन्सेन्जियोले संभवतः सन् १५८८/८९ तिर ग्यालिलियोको साथमा तारको पिच (Pitch)  र तनाव (tension)  बीचमा हुने सम्बन्धबारे परीक्षणहरु गरेका थिए ।

ग्यालिलियोको परिवारले सन् १५७० को शुरुमै तुस्कानी छोडेर फ्लोरेन्स शहरमा बसाई सर्‍यो । त्यहाँ ग्यालिलियोको परिवार कैयौं पुस्तासम्म बसेको थियो । फ्लोरेन्समा रहँदा ग्यालिलियोले त्यहाँ नजिक बाल्लोम्ब्रोसास्थित एक धार्मिक स्कूलमा प्रारम्भिक शिक्षा शुरु गरेका थिए । त्यसपछि उनले सन् १५८१ तिर १७ वर्षको उमेरमा पीसा विश्वविद्यालयबाट म्याट्रिक (एस.एल.सी.) पास गरे । म्याट्रिक गरेपछि त्यस विश्वविद्यालयमा आफ्ना बाबुको इच्छामुताबिक ग्यालिलियोले चिकित्साशास्त्रको अध्ययन शुरु गरे । उनी चिकित्सा विज्ञानमा रुचि राख्दैनथे । तर, त्यसको अध्ययनबाट उनलाई इशापूर्व चौथो शताब्दीका महान दार्शनिक अरस्तूको भौतिक विज्ञानबारे जानकारी मिल्यो । र, तुरुन्तै गणित तथा भौतिक विज्ञानमा उनको औधी रुचि बस्यो । भनिन्छ, एकदिन पीसा विश्वविद्यालयको गणितको लेक्चरमा ग्यालिलियो आफ्नो पढाइ छाडेर कोठाबाहिर ढोकामा कान राखी सुन्नमा तल्लिन थिए । र, त्यो घटना त्यहाँका अधिकारीले देखे । उनको त्यस्तो विशेष चाल देखेपछि तुरुन्त ग्यालिलियोलाई त्यस विश्वविद्यालयमा भौतिक विज्ञान तथा गणित पढ्न अनुमति दिइयो, जुन उनको बाबुको इच्छा विपरीत थियो ।

विश्वविद्यालयको पढाइ छाडी स्वाध्ययनको थालनी

पीसा विश्वविद्यालयमा भौतिक विज्ञान तथा गणितको अध्ययन गर्दागर्दै नै कुनै डिग्री प्राप्त नगरिकन नै सन् १५८५ मा ग्यालिलियोले त्यहाँको पढाइलाई त्यागिदिए । त्यसपछि निजी तवरले नै उनी कैयौं वर्षसम्म गणित विषयमा अध्ययनरत रहे । त्यस समय उनी कहिले फ्लोरेन्स शहरमा बस्थे भने कहिले साइएना शहरमा । स्वअध्ययनकै क्रममा ग्यालिलियोले कम तौलका वस्तुहरु जोख्ने ‘हाइड्रोस्टाटिक तराजू’को नयाँ नमूनाको डिजाइन गरे । र, त्यसलाई उनले ‘सानो तराजू’ (The little balance, Labilancetta) नामाकरण गरे । त्यही समयमा ग्यालिलियोले चाल (motion)  सम्बन्धमा पनि अध्ययन शुरु गरे ।

पीसा विश्वविद्यालयमा भौतिक विज्ञान तथा गणितको अध्ययन गर्दागर्दै नै कुनै डिग्री प्राप्त नगरिकन नै सन् १५८५ मा ग्यालिलियोले त्यहाँको पढाइलाई त्यागिदिए । त्यसपछि निजी तवरले नै उनी कैयौं वर्षसम्म गणित विषयमा अध्ययनरत रहे ।

सानैदेखि ग्यालिलियोको स्वभाव कस्तो थियो भने उनी कुनै कुरामा पनि बिनातर्क विश्वास गर्दैनथे । पीसा विश्वविद्यालयमा पढ्दै गर्दा ग्यालिलियोले महान दार्शनिक अरस्तूको विचारलाई बिनातर्क विश्वास गर्न इन्कार गरे । उनको त्यो रबैयाले प्रोफेसरहरु दिक्क हुन्थे । विश्वविद्यालयमा उनी एक जिद्दी स्वभावको मान्छेको रुपमा चिनिएका थिए ।

एउटा रोचक घटना

यसै बखत एउटा घटना घट्यो । त्यस समय ग्यालिलियोको उमेर १८ वर्षको थियो । एक दिन प्रार्थना गर्न उनी चर्चमा गए । चर्चको छतमा एउटा लाल्टिन झुण्ड्याइराखेको उनले देखे । लाल्टिन बाल्नेले त्यसलाई छोडेर जाँदा त्यो हल्लिएको थियो । शुरुमा लाल्टिन धेरै तीब्र गतिमा यताउता चलिरहेको थियो, तर पछि लाल्टिनको वेग कम हुँदै गयो । र, साथै लाल्टिन हल्लिएको दूरी पनि कम हुनथाल्यो । ग्यालिलियोले के हेक्का राखे भने लाल्टिनको वेग धेरै हुँदा लाल्टिन यताउता चल्न जति समय लाग्थ्यो, त्यति नै समय वेग कम हुँदा र कम दूरीमात्र लाल्टिन यताउता चल्दा पनि लाग्यो । तर समय कसरी नाप्ने ? ग्यालिलियोलाई फसाद भयो, किनकि त्यतिबेलासम्म घडीको आविष्कार भइसकेको थिएन । उनले तुरुन्त एउटा उपाय निकालीहाले–

लाल्टिन यताउता चल्ने समय नाप्न उनले आफ्नो नाडीको चाल गन्न थाले । यही बेला उनको मनमा एउटा यन्त्रको कल्पना आयो । त्यो थियो– नाडीको चालको गति नाप्ने यन्त्र ।

 यसरी ग्यालिलियो हरेक समयमा नयाँ र अनौठो खालको विचारमा डुबेर बस्थे । उनी आफ्नो मनमा उब्जेको कुनै पनि कुरालाई सिर्जनात्मक रुप दिन तल्लीन हुन्थे । वास्तवमा यही स्वभावले नै उनलाई पछि महान वैज्ञानिक बन्न सक्षम तुल्यायो ।

प्राध्यापन कार्यमा लाग्ने प्रयत्न

गणितशास्त्रमा स्वअध्ययनबाट विश्वविद्यालयको कोर्स पूरा गरिसकेपछि ग्यालिलियोले सन् १५८८ मा बोलोग्ना विश्वविद्यालयमा गणित विभागको अध्यक्षमा नियुक्ति पाउन दर्खास्त हाले । तर, उनी असफल भए ।

बोलोग्नामा नियुक्ति पाउन असफल भएपनि गणितमा देखिएको उनको निपुणताबाट उनी झन् झन् चर्चाको शिखरमा चढ्दै गए । यसै क्रममा ‘फ्लोरेन्टिन एकेडेमी’ नामको एउटा प्रतिष्ठित साहित्यिक समूहले दार्शनिक दाँतेको ‘नरक (Inferno)’ बारेमा विश्वको व्यवस्थापनबारे दुईवटा प्रवचन दिन ग्यालिलियोलाई निमन्त्रणा गर्‍यो । त्यहाँ उनले गणितशास्त्रको क्षेत्रमा दिएको प्रवचनबाट निक्कै बौद्धिकहरु प्रभावित भए । परिणामस्वरुप सन् १५८९ मा उनले पीसा विश्वविद्यालयको प्रोफेसरको रुपमा गणित विभागको अध्यक्षमा नियुक्ति पाए । त्यस समयमा उनको उमेर केवल २५ वर्ष थियो ।

नयाँ वैज्ञानिक खोज, परीक्षण र विचार

https://www.iitaly.org

अरस्तूका अनुसार, माथिबाट तल खस्दा गह्रौं वस्तु चाँडो र हलुङ्गो वस्तु ढिलो खस्छ । वस्तु जुन अनुपातमा गह्रौं हुन्छ, त्यही अनुपातमा चाँडो खस्छ र त्यस्तै जुन अनुपातमा हलुङ्गो हुन्छ, त्यही अनुपातमा ढिलो खस्छ । ग्यालिलियोले पीसाको ‘झुकेको धरहरा’बाट हलुङ्गो र गह्रौं दुई वस्तु एकैसाथ खसालेर तिनीहरु एकै समयमा भुइँमा बज्रेको घटना देखाएबाट अरस्तूको त्यो विचार सही नभएको पुष्टि भयो । तर धर्मान्धताको कारणले गर्दा परीक्षणबाट प्रत्यक्ष देख्दा पनि पीसा विश्वविद्यालयका कैयौं प्रोफेसरहरु अरस्तूको विचारलाई गलत मान्न तयार भएनन् ।

वैज्ञानिक ग्यालिलियोको जीवनी सर्वप्रथम उनकै शिष्य विन्सेन्जियो विवियानी (१६२२–१७०३)ले लेखेका थिए । विन्सेन्जियो विवियानीका अनुसार पीसामा रहँदा ग्यालिलियोले त्यहाँको विख्यात् ‘झुकेको धरहरा’ (Leaning Tower) माथि चढेर गह्रौं र हलुङ्गो दुई वस्तुहरु माथिबाट एकैसाथ तल खसालेर तिनीहरु दुवै एकै समयमा भुइँमा बज्रन आएको घटना सबैको सामु प्रदर्शित गरिदिए । र, उनले त्यसबाट २ हजार वर्षअघिदेखि चर्चदेखि साधारण जनतासम्म सबैले आँखा चिम्लेर मान्दै आएको दार्शनिक अरस्तूको विचार सही नभएको संकेत गरे ।

अरस्तूका अनुसार, माथिबाट तल खस्दा गह्रौं वस्तु चाँडो र हलुङ्गो वस्तु ढिलो खस्छ । वस्तु जुन अनुपातमा गह्रौं हुन्छ, त्यही अनुपातमा चाँडो खस्छ र त्यस्तै जुन अनुपातमा हलुङ्गो हुन्छ, त्यही अनुपातमा ढिलो खस्छ । ग्यालिलियोले पीसाको ‘झुकेको धरहरा’बाट हलुङ्गो र गह्रौं दुई वस्तु एकैसाथ खसालेर तिनीहरु एकै समयमा भुइँमा बज्रेको घटना देखाएबाट अरस्तूको त्यो विचार सही नभएको पुष्टि भयो । तर धर्मान्धताको कारणले गर्दा परीक्षणबाट प्रत्यक्ष देख्दा पनि पीसा विश्वविद्यालयका कैयौं प्रोफेसरहरु अरस्तूको विचारलाई गलत मान्न तयार भएनन् । उनीहरुले ग्यालिलियोलाई ‘कालो जादू’ देखाएर सबैको दृष्टिभ्रम गरेको दोषारोपणसमेत गरे । उनीहरुका अनुसार, अरस्तूले कहिल्यै गल्ती गर्न सक्दैनन्, त्यसैले ग्यालिलियोको परीक्षण सही हुनै सक्दैन। ग्यालिलियोको परीक्षणको नतीजालाई स्वीकार्न प्रवुद्धवर्ग तयार नभए पनि त्यो परीक्षणबाट ग्यालिलियोको प्रसिद्धि भने धेरै नै बढ्यो ।

यही क्रममा ग्यालिलियोले ‘चाल बारे’ (De Motu, On Motion) नामको किताब लेखिसिध्याए । यसबाट के बुझियो भने, उनी चालसम्बन्धमा अरस्तूको विचारलाई छाडेर त्यसको ठाउँमा समस्यालाई आर्किमिडिज (ई.पू. २८७–२१२) शैलीबाट हल गर्ने विचारमा पुगे । तर अरस्तूमाथिको उनको प्रहारले उनलाई उनका साथीहरुबीच निक्कै नै अलोकप्रिय बनायो । र, त्यो अलोकप्रियताले ग्यालिलियोलाई पीसा विश्वविद्यालयमा लामो समय रहन दिएन । सन् १५९२ मा अरस्तूवादी प्रोफेसरहरुसँगको अन्तर्विरोधको कारणले गर्दा नै पीसा विश्वविद्यालयले ग्यालिलियोको करार म्याद नवीकरण गर्न मानेन । तर त्यही वर्ष नै ग्यालिलियोलाई भेनिस गणतन्त्रको पडुवा विश्वविद्यालयले गणितको प्रोफेसर पदमा नियुक्त गर्‍यो । त्यहाँ उनी करिव १८ वर्ष अर्थात् सन् १६१० सम्म बसे ।

पडुवा विश्वविद्यालयबाट वैज्ञानिक कार्य

पडुवा विश्वविद्यालयमा ग्यालिलियोले राम्रो सुविधा पाएका थिए । उनको तलब त्यहाँ पहिलेभन्दा अलि बढी नै थियो । तर त्यतिखेर उनलाई पहिलेभन्दा अलि बढी पारिवारिक बोझ थपिएको थियो । किनकि सन् १५९१ मा बाबुको मृत्यु भएपछि परिवारको आर्थिक बोझ ग्यालिलियो स्वयंले बोक्नु परेको थियो । त्यसैले विश्वविद्यालयले दिने तलबले ग्यालिलियोको परिवार धान्ने भएन । र, उनले परिवारको खर्च धान्नको निम्ति नै विश्वविद्यालयका आवासीय विद्यार्थीहरुलाई निजी ट्यूशन पढाउन थाले । ग्यालिलियोले यसअघि नै पडुवामा ज्यामितिको  हिसाबमा प्रयोग हुने ‘कम्पास’को आविष्कार गरिसकेका थिए । परिवारको खर्च धान्न गाह्रो भएपछि उनले आफूले आविष्कार गरेको ‘कम्पास’को डिजाइन एकजना मिस्त्रीलाई दिएर त्यसको उत्पादन गर्न लगाए र त्यसरी उत्पादित ‘कम्पास’हरु पनि उनले धमाधम बेच्न थाले ।

पडुवा विश्वविद्यालयमा रहँदा ग्यालिलियोको भेनिस निवासी मारिना गाम्बा नामकी एउटी युवतीसित प्रेम बस्यो । तर आर्थिक अभावको कारणले गर्दा उनले गाम्बासँग सामाजिक रीति–रिवाजअनुसार विवाह गरेनन् । ग्यालिलियोको के विश्वास रहेको थियो भने एक सफल दार्शनिक वा वैज्ञानिक एक सफल लोग्ने हुनै सक्दैन । तर ग्यालिलियोको मारिना गाम्बासित अगाध प्रेम थियो । त्यसैले उनले मारिना गाम्बासित सामाजिक रीति–रिवाजअनुसार वा औपचारिक रुपमा विवाह नगरे पनि उनलाई आफ्नै घरमा सँगै बसाए । पछि प्रेमको चिनोको रुपमा उनीहरुबाट तीन बच्चाहरु जन्मे । ती बच्चाहरुमा दुई छोरी र एक छोरा थिए ।

ग्यालिलियोको ख्याति दिन–दिनै बढ्दो थियो । त्यसैले विश्वविद्यालयमा उनले पाएको मान र पद देखेर पनि मानिसहरु उनको आम्दानी पनि निक्कै बढी रहेको अनुमान लगाउँथे । तर पारिवारिक आर्थिक बोझको कारणले गर्दा ग्यालिलियोको हालत राम्रो थिएन ।

ग्यालिलियोको ख्याति दिन–दिनै बढ्दो थियो । त्यसैले विश्वविद्यालयमा उनले पाएको मान र पद देखेर पनि मानिसहरु उनको आम्दानी पनि निक्कै बढी रहेको अनुमान लगाउँथे । तर पारिवारिक आर्थिक बोझको कारणले गर्दा ग्यालिलियोको हालत राम्रो थिएन । यसैबीच उनको भाइले पोल्याण्डमा जागीर खान जाने चाहाना गर्‍यो । उसले ग्यालिलियोसँग बाटो खर्च माग्यो । आफ्नो आर्थिक हालत खराब भएपनि उनले भाइलाई बाटो खर्च दिईपठाए । त्यसैगरी उनकी बहिनीले उनको बिवाहमा ग्यालिलियोबाट मनग्गे दाइजोको आशा गरिन् । ग्यालिलियोले उनलाई पनि सकीनसकी चित्त बुझाएर पठाए । यी सबै काम गर्न ग्यालिलियोले विश्वविद्यालयबाट दुई वर्षको तलब बराबरको पेश्की लिनुपर्‍यो । विश्वविद्यालयले कुनै हिच्किचाहटबिना उनलाई पेश्की उपलब्ध गराइदियो पनि ।

पडुवामा ग्यालिलियोले गणितका समस्याहरुको व्यावहारिक समाधानका उपायहरु खोज्न निरन्तर जुटिरहे । त्यही क्रममा नै उनले ‘कम्पास’को आविष्कार गरेका थिए । उनी ‘भेनिसको आर्सेनल’ नामको विश्वप्रसिद्ध जहाज निर्माण तथा मर्मत केन्द्रका फोरमेन (प्रमुख कामदार) ले देखाएको यन्त्रविज्ञानको व्यावहारिक ज्ञानबाट निक्कै नै प्रभावित थिए ।

ग्यालिलियो सधैं व्यावहारिक घटनालाई नजिकबाट अवलोकन गर्ने र त्यसलाई गणितसित सम्बन्ध गाँसी मूर्त ज्ञानको रुपमा विकसित गर्ने गर्थे । उनको अधारभूत धारणा के थियो भने, ‘विश्व व्रम्हाण्ड एक खुला किताब हो, तर कसैले पनि जबसम्म यसको भाषा बुझ्न सक्दैन र जुन अक्षरबाट यो लेखिएको छ, त्यसलाई जबसम्म चिन्न सक्दैन तबसम्म उसले त्यस खुला किताबलाई पढ्न सक्दैन । त्यो खुला किताब गणितको भाषामा लेखिएको छ ।’ यो धारणा ग्यालिलियोले आफ्नो किताब ‘द असायर’ (The Assayer) मा व्यक्त गरेका हुन् ।

यो धारणाले ग्यालिलियोलाई सत्रौं शताब्दीको पहिलो दशकमा महत्वपूर्ण अन्वेषणहरुतर्फ डोर्‍यायो । त्यसै समयमा उनले ‘स्वतन्त्र रुपमा माथिबाट तल खसेको वस्तुको गतिको प्राकृतिक नियम’सम्बन्धी महत्वपूर्ण तथ्यहरु पत्ता लगाए । उनले के पत्ता लगाए भने, स्वतन्त्र रुपले खसेको वस्तु एक सेकेण्ड समयमा जति दूरी तल झर्छ, त्योभन्दा चार दोब्बर बढी दूरी दुई सेकेण्ड समयमा तल झर्छ । त्यस्तै गरी, ३ सेकेण्ड समयमा ९ दोब्बर बढी दूरी तल झर्छ र यही अनुपातमा यो अघि बढ्छ ।

प्रकृतिको यो नियम पत्ता लगाइसकेपछि ग्यालिलियोलाई ‘प्रक्षेपणको गति’ (Motion of projectiles)  बारे धारणा बनाउन सजिलो भयो । ग्यालिलियोले बाण हान्दा वा तोप गोला हान्दा दुई स्वतन्त्र गतिहरु मिलेको हुने कुरा पत्ता लगाए । उनका अनुसार, बाण वा तोप गोला ठाडो तल झर्दा तिनीहरुले उनले पहिले पत्ता लगाएको ‘वस्तुहरु माथिबाट तल स्वतन्त्र रुपले खस्दाको गतिको नियम’ पछ्याएका हुन्छन् भने जमीनसँग समानान्तरको गतिमा तिनीहरुले निरन्तर गतिको नियम पछ्याएका हुन्छन् । ती दुवै गतिको परिणात्मक बाटो (Resultant path) ले एक किसिमको वृत्त खण्डाकारपाराबोला (Parabola)  को रुप धारण गर्छ । यसरी ग्यालिलियोका अनुसार, तोप गोला हान्ने एक दक्ष सिपाहीले उसले देखेको अमूर्त ज्यामितीय हिसाबमा निशानाको अनुमान गरी तोप गोला हान्छ ।

ग्यालिलियोले पडुवा विश्वविद्यालयमा रहँदा उनले पहिले पीसाको एउटा चर्चमा झुण्ड्याइएको लाल्टिनको हल्लाइमा देखेको तथ्यलाई सैद्धान्तिक व्याख्या प्रस्तुत गरे । उनले यस सवालमा के व्याख्या गरे भने पेण्डुलमको गोला (bob)  हल्लिंदा त्यसले लिने फरक वृत्तखण्ड (arc)  को दूरीको लागि त्यसले उही एउटै समय व्यतीत गर्दछ । तर ग्यालिलियोको यो व्याख्या धेरै लामा वृत्तखण्डको दूरी लिई हल्लिने पेण्डुलममा लागु नहुने कुरा पछिल्ला अन्य वैज्ञानिकहरुले पुष्टि गरे ।

ग्यालिलियो र अरस्तूको विचारमा फरक

ग्यालिलियो र अरस्तूको बीचमा भएको एउटा ठूलो फरक भनेको गति (motion)  को बारेमा उनीहरुको फरक फरक विचार हो । ग्यालिलियोको विचारमा पृथ्वीको सतहमा समान गतिमा रहेको कुनै पनि वस्तु त्यसमाथि कुनै अवरोध नहुने हो भने लगातार त्यही गतिमा अगाडि बढिरहन्छ । गतिको लागि त्यो वस्तुलाई कुनै बलको जरुरत पर्दैन । तर अरस्तूको विचारमा वस्तुको गतिलाई निरन्तरता दिन बलको जरुरत पर्दछ ।

पृथ्वीको सतह गोलाकार भएको कारणले गर्दा ग्यालिलियोले भनेझैं पृथ्वीको सतहमा वस्तु सीधा गतिमा जाँदैन । तर ग्यालिलियोको विचार उनीभन्दा पछाडिका वैज्ञानिक सर् आइज्याक न्यूटनको चालसम्बन्धी पहिलो नियम अर्थात् न्यूटनको चालसम्बन्धी पहिलो नियम : इनर्सियाको नियम (Law of Inertia) सँग धेरै हदसम्म मिल्छ । वास्तवमा चालसम्बन्धी नियममा न्यूटनले ग्यालिलियोको अपूर्ण र अपरिपक्व नियमलाई नै विकसित गरेका हुन् । न्यूटनले विकसित गरेको इनर्सियाको नियमअनुसार, कुनै वस्तु चाहे त्यो विश्राममा रहेको होस्, या सोझो दिशामा समान गतिमा रहेको होस्, त्यसमाथि कुनै बलको हस्तक्षेप नआएसम्म त्यसले सधैं आफ्नो स्थिति कायमै राखेको हुन्छ । अर्थात् कुनै बलको हस्तक्षेप नहुने हो भने सीधा दिशामा समान गतिमा रहेको वस्तु त्यसरी नै सधैं अगाडि बढिरहन्छ र वस्तु विश्राममा रहेको छ भने त्यो विश्राममा नै रहिरहन्छ ।

पृथ्वीको सतह गोलाकार भएको कारणले गर्दा ग्यालिलियोले भनेझैं पृथ्वीको सतहमा वस्तु सीधा गतिमा जाँदैन । तर ग्यालिलियोको विचार उनीभन्दा पछाडिका वैज्ञानिक सर् आइज्याक न्यूटनको चालसम्बन्धी पहिलो नियम अर्थात् न्यूटनको चालसम्बन्धी पहिलो नियम : इनर्सियाको नियम (Law of Inertia) सँग धेरै हदसम्म मिल्छ । वास्तवमा चालसम्बन्धी नियममा न्यूटनले ग्यालिलियोको अपूर्ण र अपरिपक्व नियमलाई नै विकसित गरेका हुन् ।

अरस्तूको विचारमा विश्राम वस्तुको मूल स्वभाव हो । त्यसैले वस्तुलाई गतिमा राख्न त्यसमाथि निरन्तर बाह्य बलको हस्तक्षेप जरुरी पर्दछ । तर ग्यालिलियोले अरस्तूको विपरीत वस्तुको स्वभाव गति भएको र निरन्तर गतिको लागि वस्तुलाई कुनै बलको जरुरत नपर्ने ब्याख्या गरे । र, उनले निरन्तर गतिमा रहेको वस्तुमाथि बलले अवरोध खडा गर्दा नै विश्रामको स्थिति आइपर्ने कुरा व्यक्त गरे ।

टेलिस्कोपको आविष्कार तथा खगोल विज्ञानमा अनुसन्धान

सोह्रौं शताब्दीको अन्त्यसम्म ग्यालिलियोले खगोल विज्ञानमा खासै रुचि राखिसकेका थिएनन् । तर सन् १५९७ मा एउटा निजी पत्राचारमा उनले आफू अरस्तू र टोलेमीको विपरीत निकोलस कोपर्निकसको सिद्धान्तको पक्षपोषक रहेको जनाएका थिए । अरस्तू र टोलेमीको विचारमा ब्रम्हाण्डको केन्द्र पृथ्वी हो र सूर्यलगायत अन्य सबै ग्रह–नक्षत्रहरुले पृथ्वीलाई वृत्ताकार बाटोमा परिक्रमा गर्छन् । यसको विपरीत कोपर्निकसले सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्त प्रस्तुत गरेका थिए । त्यस सिद्धान्तअनुसार ब्रम्हाण्डको केन्द्र सूर्य हो र पृथ्वीलगायत सम्पूर्ण ग्रह–नक्षत्रले वृत्ताकार बाटोमा सूर्यलाई परिक्रममा गर्छन् । पृथ्वी केन्द्रित ब्रम्हाण्डको सिद्धान्तमा पृथ्वीलाई स्थिर मानिन्छ भने सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्तमा सूर्यलाई स्थिर मानिन्छ ।

https://i2.wp.com/www.hisour.com

सन् १६०९ मा ग्यालिलियोले नेदरल्याण्डमा अरु कसैले टेलिस्कोपको आविष्कार गरेको कुरा सुने । उनले त्यही वर्षको अगस्त महिनामा टाढाको वस्तुलाई दश गुना नजिक देखाउने टेलिस्कोपको आविष्कार गरे । उनको त्यो यन्त्र पानीजहाजमा काम गर्नेहरुका लागि निकै उपयोगी सिद्ध भयो । र, उनको यो काम देखेर विश्वविद्यालय प्रशासनले उनको तलब दोब्बर बढाइदियो ।

यसैबीच सन् १६०९ मा ग्यालिलियोले नेदरल्याण्डमा अरु कसैले टेलिस्कोपको आविष्कार गरेको कुरा सुने । उनले त्यही वर्षको अगस्त महिनामा टाढाको वस्तुलाई दश गुना नजिक देखाउने टेलिस्कोपको आविष्कार गरे । उनको त्यो यन्त्र पानीजहाजमा काम गर्नेहरुका लागि निकै उपयोगी सिद्ध भयो । र, उनको यो काम देखेर विश्वविद्यालय प्रशासनले उनको तलब दोब्बर बढाइदियो । साथै उनको प्रोफेसर पद जीवनभरको लागि कायम रहने घोषणा भयो ।सन् १६०९ को डिसेम्बर महिनामा ग्यालिलियोले टाढाको वस्तुलाई २० गुना नजिक देखाउने अर्थात् २० गुना ठूलो देखाउने टेलिस्कोप बनाए । त्यसबाट उनले चन्द्रमामा पहाड तथा ठूला ठूला खाडलहरु रहेको तथ्य पत्ता लगाए । यहाँनिर पनि ग्यालिलियोको काम अरस्तूको विचारसित बेमेल हुनपुग्यो । अरस्तूले के भनेका थिए भने खगोलीय पिण्डहरु पूर्ण रुपले नै चिप्लो धातुको गोलाजस्तै गोलाकार हुन्छन् । तर ग्यालिलियोको टेलिस्कोपले चन्द्रमाको धरातलमा पहाड तथा खाल्डाहरु पत्ता लगाएपछि अरस्तूको विचारको विपरीत खगोलीय पिण्डहरु पनि पृथ्वीजस्तै हुनसक्ने कुरा पुष्टि हुन आयो ।

आफ्नो टेलिस्कोपलाई आकाशतिर फर्काएर लगातार हेर्दै गरेर ग्यालिलियोले आकाशगंगा असंख्य ताराहरु मिलेर बनेको कुरा पत्ता लगाए । टेलिस्कोपको प्रयोगबाट उनले पत्ता लगाएको सबभन्दा महत्वपूर्ण कुरा के रह्यो भने, वृहस्पति ग्रहमा चारवटा भू–उपग्रहहरुले त्यसलाई परिक्रमा गरिरहेको पाइयो । यसबाट के कुरा पुष्टि भयो भने अरस्तूले भनेजस्तै सबै ग्रह–नक्षत्रले पृथ्वीलाई परिक्रमा गर्छन् भन्ने कुरा होइन रहेछ । किनकि बृहस्पतिका भू–उपग्रहहरुले पृथ्वीलाई नभई बृहस्पतिलाई परिक्रमा गरिरहेको पाइयो । ग्यालिलियोले पत्ता लगाएका यी कुराहरुबाट कोपर्निकसको सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्तलाई पुष्टिको लागि बल मिल्यो । ग्यालिलियोले पत्ता लगाएका यी तथ्यहरु सन् १६१० मा प्रकाशित उनको किताब ‘द स्टारी मेसेन्जर’ (The Starry Messenger) मा सविस्तार व्याख्या गरिएको पाइन्छ ।

Galileo Galilei (1564-1642) explaining his theories on the solar system. DeAgostini/Getty Images। https://www.history.com

ग्यालिलियोले टेलिस्कोपबाट सूर्यको सतहका काला धब्बाहरु पनि पत्ता लगाए । उनले ती धब्बाहरु कहिले एक छेउमा कहिले अर्को छेउमा र कहिले देख्दै नदेखिने भएबाट सूर्य स्वयं पनि आफ्नो धुरीमा घुमिरहेको कुरा पुष्टि गरे । यसैबीच सन् १६१३ मा उनले ‘सूर्यका धब्बाहरु’ (Sun: sunspots) नामको कृति प्रकाशित गरे । र, उनले कोपर्निकसको सिद्धान्तको विजय हुने भविष्यवाणी गरे ।

सन् १६१० को डिसेम्बर महिनामा ग्यालिलियोले टेलिस्कोपको सहायताबाट शुक्र ग्रहको कला (शुक्र–कला) को स्पष्ट अवलोकन गरे । यसबाट के पुष्टि भयो भने शुक्र ग्रहले पृथ्वीलाई होइन, सूर्यलाई परिक्रमा गर्दछ । त्यसपछि ग्यालिलियोले कोपर्निकसको सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्तलाई पुष्टि गर्न पर्याप्त आधारहरु तयार पारे ।

ग्यालिलियोले टेलिस्कोपबाट सूर्यको सतहका काला धब्बाहरु पनि पत्ता लगाए । उनले ती धब्बाहरु कहिले एक छेउमा कहिले अर्को छेउमा र कहिले देख्दै नदेखिने भएबाट सूर्य स्वयं पनि आफ्नो धुरीमा घुमिरहेको कुरा पुष्टि गरे । यसैबीच सन् १६१३ मा उनले ‘सूर्यका धब्बाहरु’ (Sun: sunspots) नामको कृति प्रकाशित गरे । र, उनले कोपर्निकसको सिद्धान्तको विजय हुने भविष्यवाणी गरे ।

चर्चसँग टक्कर

सन् १६१४ तिर ग्यालिलियोकै एक शिष्य तथा पीसा विश्वविद्यालयका प्रोफेसर क्यास्टेलीले ग्यालिलियोको अनुपस्थितिमा फ्लोरेन्सका अधिकारीहरुसमक्ष ग्यालिलियोले भनेझैं पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने कुरो इसाई धर्मग्रन्थ विपरीत भएको कुरा उजुरी गरे । यो कुरा थाहा पाएपछि ग्यालिलियोले तुरुन्त क्यास्टेली र फ्लोरेन्सका ग्राण्ड ड्यूक्स क्रिस्टिना (ग्राण्ड ड्यूक्स = राज्यअधिकारी) को नाममा सार्वजनिक चिठ्ठी लेखेर बाइबलको ब्याख्या ज्ञानको विकाससँग मेल खाने गरी गरिनुपर्ने विचार व्यक्त गरे । तर ग्यालिलियोको सार्वजनिक चिठ्ठीलाई पर्वाह नगरी उनलाई धर्मविरोधी रहेको आरोप लगाइयो र उनीप्रतिको आलोचना रोमको धार्मिक अदालतमा पठाइयो ।

सन् १६१६ को शुरुमै रोमको धार्मिक परिषद्ले निकोलस कोपर्निकसको किताब पढ्न पढाउन प्रतिबन्ध लगायो । त्यसको लगत्तै धार्मिक गुरु कार्डिनल रबर्ट बेलार्माइनले ग्यालिलियोलाई पृथ्वी घुम्छ भन्ने विचार नबोक्न चेतावनी दिए । तर कोपर्निकसको सूर्य केन्द्रित सिद्धान्तलाई सही नमान्न सार्वजनिक चेतावनी दिए पनि क्याथोलिक चर्चले त्यसलाई खगोलीय हिसाबमा एउटा साधनको रुपमा प्रयोग गर्न सकिने छुट चाहिँ दियो ।

सन् १६१६ को शुरुमै रोमको धार्मिक परिषद्ले निकोलस कोपर्निकसको किताब पढ्न पढाउन प्रतिबन्ध लगायो । त्यसको लगत्तै धार्मिक गुरु कार्डिनल रबर्ट बेलार्माइनले ग्यालिलियोलाई पृथ्वी घुम्छ भन्ने विचार नबोक्न चेतावनी दिए । तर कोपर्निकसको सूर्य केन्द्रित सिद्धान्तलाई सही नमान्न सार्वजनिक चेतावनी दिए पनि क्याथोलिक चर्चले त्यसलाई खगोलीय हिसाबमा एउटा साधनको रुपमा प्रयोग गर्न सकिने छुट चाहिँ दियो ।

धार्मिक गुरु बेलार्माइनले ग्यालिलियोलाई के भनेका थिए भने कोपर्निकसको सिद्धान्त वैज्ञानिक ध्येयको निम्ति प्रयोग गर्न सकिन्छ, तर त्यो कहिल्यै सत्य हुन सक्दैन । सही र गलत छुट्याउन बाइबलसँग दाँजेर हेरिनुपर्छ । बेलार्माइनको चेतावनीपछि ग्यालिलियो कैयौं वर्षसम्म चूप लागेर बसे । लामो समयको मौनतापछि ग्यालिलियोले सन् १६३३ मा बृहस्पतिका भू–उपग्रहहरुको गतिका बारेमा उल्लेख भएको किताब ‘द असायर’ (The Assayer) प्रकाशित गरे ।

ग्यालिलियोको Dialogue on the Tides नामक किताब सन् १६३० मा रोममा सेन्सर हुँदा त्यसलाई Dialogue on the two chief world systems नामाकरण गरिनुपर्ने आदेशसहित प्रकाशित गर्न स्वीकृति दिइयो । तर त्यो किताब सन् १६३२ मा आएर मात्र फ्लोरेन्समा छापियो ।

त्यस किताबलाई आधिकारिक अनुमति भएपनि ग्यालिलियोलाई सन् १६३३ मा रोमको धार्मिक अदालतमा सोधपुछको लागि बोलाइयो । उनलाई ‘नास्तिकताको गम्भीर शंका’ को अभियोग लगाइयो ।

ग्यालिलियोले आफ्नो पुस्तकमा टेलिस्कोपबाट प्राप्त तथ्यहरुको आधारमा कोपर्निकसको सूर्य केन्द्रित ब्रम्हाण्डको सिद्धान्त सही भएको घोषणा गरेका थिए । त्यसअनुसार ब्रम्हाण्डमा पृथ्वीलगायत सम्पूर्ण ग्रहहरुले आ–आफ्नो वृत्ताकार बाटोमा रही सूर्यलाई परिक्रमा गर्छन् । यो परिक्रमाले हामीमा वर्षको अनुभूति हुन्छ । अर्को, पृथ्वी स्वयं आफ्नो धुरीमा पनि घुम्छ, यसले गर्दा यहाँ दिन र रातको चक्र निरन्तर चलिरहन्छ ।

रोमको धार्मिक अदालतमा

https://upload.wikimedia.org

कोपर्निकसको सिद्धान्तलाई पर्याप्त तर्क र तथ्यपरक प्रमाणहरु जुटाई ग्यालिलियोले राम्ररी नै पुष्टि गरिदिएबाट इसाई चर्चमा ठूलो हलचल मच्चियो । र, उनीहरुले ग्यालिलियोलाई रोमको धार्मिक अदालतमा उभ्याएर जवर्जस्ती कोपर्निकसको सिद्धान्त त्याग्न बाध्य तुल्याए ।

कोपर्निकसको सिद्धान्तलाई पर्याप्त तर्क र तथ्यपरक प्रमाणहरु जुटाई ग्यालिलियोले राम्ररी नै पुष्टि गरिदिएबाट इसाई चर्चमा ठूलो हलचल मच्चियो । र, उनीहरुले ग्यालिलियोलाई रोमको धार्मिक अदालतमा उभ्याएर जवर्जस्ती कोपर्निकसको सिद्धान्त त्याग्न बाध्य तुल्याए ।

७० वर्षको उमेरमा ग्यालिलियोलाई रोमको धार्मिक अदालतमा उभ्याएर ‘अबदेखि कहिल्यै पृथ्वीले सूर्यलाई घुम्छ भन्ने कुरामा विश्वास गर्दिंन र यस विचारलाई कहीँ कतै पनि प्रचार गरेर हिँड्दिँन’ भन्ने कबोल गर्न लगाइयो ।

चर्चका अधिकारीहरुले तुरुन्तै ग्यालिलियोका पुस्तकहरु पढ्न र पढाउन प्रतिबन्ध लगाए भने हरेक विश्वविद्यालयमा उनका विरुद्ध लेखिएको वाक्य विद्यार्थीहरुले पढ्नु पर्ने व्यवस्था मिलाए ।

नजरबन्द/अन्तिम कृतिको प्रकाशन/मृत्यु

तर यति गरिसक्दा पनि चर्चलाई चित्त बुझेन । र, उनीहरुले महान वैज्ञानिक ग्यालिलियोलाई फ्लोरेन्स नजिकको एक सानो शहर आर्सेनीमा अनिश्चित कालसम्म नजरबन्दमा राखे । ग्यालिलियोलाई कुनै वैज्ञानिक खोज–अनुसन्धान तथा किताब लेख्न पूर्णतः प्रतिबन्ध लगाइयो । कडा प्रतिबन्धका बावजूद पनि पछिल्लो समयमा नजरबन्दीमा रहेर नै उनले लुकिछिपी वैज्ञानिक अनुसन्धान जारी नै राखे । र, उनले अन्तिम रुपमा आफ्नो वैज्ञानिक आविष्कारहरुको समग्र विचारलाई समेटेर 'Discourses concerning two new Sciences' नामक किताब लेखे । यो किताब सन् १६३८ मा लेइडन शहरबाट प्रकाशित भयो । यसमा यन्त्रविज्ञानका सिद्धान्तहरु र ग्यालिलियोले शुरुमा अनुसन्धान गरेका गतिसम्बन्धी नियमहरुको परिमार्जित कुराहरु उल्लेख छन् । यस किताबले पछि न्यूटनलाई विश्व गुरुत्वको नियम प्रतिपादन गर्न बाटो खुला गर्‍यो । तर यो किताब प्रकाशित भएको ग्यालिलियोले देख्न पाएनन् । किनकि किताब प्रकाशित हुनुपूर्व नै ग्यालिलियो अन्धा हुन पुगे ।

यति गरिसक्दा पनि चर्चलाई चित्त बुझेन । र, उनीहरुले महान वैज्ञानिक ग्यालिलियोलाई फ्लोरेन्स नजिकको एक सानो शहर आर्सेनीमा अनिश्चित कालसम्म नजरबन्दमा राखे । ग्यालिलियोलाई कुनै वैज्ञानिक खोज–अनुसन्धान तथा किताब लेख्न पूर्णतः प्रतिबन्ध लगाइयो । कडा प्रतिबन्धका बावजूद पनि पछिल्लो समयमा नजरबन्दीमा रहेर नै उनले लुकिछिपी वैज्ञानिक अनुसन्धान जारी नै राखे । र, उनले अन्तिम रुपमा आफ्नो वैज्ञानिक आविष्कारहरुको समग्र विचारलाई समेटेर 'Discourses concerning two new Sciences' नामक किताब लेखे ।

सिकिस्त विरामी भई मृत्युशैयामा रहँदै आफ्नो अन्तिम किताबलाई छातीमा राखेर ग्यालिलियोले भनेका थिए– “यो किताब मेरो सर्वोत्तम कृति हो, किनकि यो मैले आफ्नो जीवनको अत्यन्त कष्टमय समयमा लेखेको छु ।” त्यही क्रममा सन् १६४२ को जनवरी ८ तारिखको दिन आर्सिनीमा नजरबन्दकै अवस्थामा ७७ वर्षको उमेरमा महान वैज्ञानिक ग्यालिलियो ग्यालिलीको मृत्यु भयो ।

सन्दर्भ स्रोतहरु  :

१.  महान वैज्ञानिक – गुणाकर मुले

२.   Encyclopedia Encarta 1999

३.   Encyclopeida Britanica 2001

४.  ग्यालिलियोसम्बन्धी जानकारी दिइएका विभिन्न Website हरु

नवयुवामा प्रकाशित प्रस्तुत जीवनी लेखकको अनुमतिमा पुनःप्रकाशित । Title Photo: https://brewminate.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.