जापानमा कोरोना सङ्क्रमितको संख्या ७९ हजार नाघ्यो
एजेन्सी । जापानमा विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८० रहेको र थप चार सङ्क्रमितको मृत्यु भएको सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कसँग जापानमा कूल सङ्क्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु भएका १४ सहित एक हजार ५२० जनाको मृत्यु भएको छ ।
पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेपछि जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो पारेको छ ।
यो वर्षको सुरुमा टोकियो नजिकको योकोहामामा ‘क्वारेन्टाइन’ मा राखिएको डायमण्ड प्रिन्सेस नामक यात्रुबाहक पानीजहाजमा भेटिएका ७१२ सङ्क्रमितहरूको सङ्ख्या नै एकै स्थानमा भेटिएका धेरै सङ्क्रमितको सङ्ख्या हो । यद्यपि यसलाई जापानले तथ्याङ्कमा समावेश गर्ने गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १५९ जनामा गम्भीर समस्या रहेको र उनीहरूलाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । सङ्क्रमणको हिसाबले मुख्य केन्द्र मानिएको राजधानी टोकियोमा आइतबार मात्रै १६२ नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् । टोकियोमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार २०८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन