शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढी

आइतबार, ०४ असोज २०७७, २३ : २०
आइतबार, ०४ असोज २०७७

कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५/२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटनाको अध्ययन गर्न  पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको टोली धनगढी आइपुगेको पत्रकार महासङ्घ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

विष्ट नेतृत्व टोलाीले आज पत्रकार महासङ्घ कैलाली शाखा कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा घटनाको अवस्थाका बारेमा उपस्थित सहभागीसँंग जानकारी तथा सुझाव लिएको बताइएको छ । “टोलीले मानव अधिकार आयोगसंँग यस घटनाका अवस्थाबारेमा बुझ्नेछ”, जोशीले भने, “त्यसपछि घटनास्थल दिनेश सञ्चारगृहमा गएर वास्तविक घटनाका बारेमा जानकारी लिने छ ।”

घटनाका सम्बन्धमा टोलीले स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकार पक्ष, पत्रकारलगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासङ्घले जनाएको छ । महासचिव विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप