६ महिनापछि पोखरामा विमान उड्दै, यसरी हुँदैछ उडान तयारी (फोटोफिचर)
पोखरा । झण्डै ६ महिना लामो लकडाउनपछि भोलिदेखि आन्तरिक उडान सञ्चालन हुँदैछ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान भोलिदेखि सञ्चालन हुने भएका हुन् । उडान सञ्चालनका लागि आवश्यक सुरक्षा सतर्कता, सामाजिक दूरी र डिसइन्फेक्सन लगायतका मापदण्ड पालना गर्दै उडान सञ्चालनको तयारी विमानस्थलले थालेका छन् । उडान सञ्चालनको पूर्वसन्ध्यामा पोखरा क्षेत्रीय विमानस्थलले पनि आफ्नो तयारी थालेको छ ।
विमानस्थलले एक–एक घण्टाको अन्तरमा उडान सेड्युल राखेको छ । यस्तै, बोडिङ पासका एक पटकमा दुईवटा मात्रै एयरलाइन्सले दिन मिल्ने गरि सामाजिक दूरी कायम गरेको छ । यस्तै, टर्मिनल बिल्डिङमा छिरिसकेपछि लगेज डिसइन्फेक्सन गरेर मात्रै होल्डिङ सेन्टरमा पुर्याइने छ । ठाउँ ठाउँमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।
सामान्य अवस्थामा यात्रुहरु सहज रुपमा आउजाउ गर्न सके पनि अब भने यात्रुले आफू स्वस्थ्य प्रमाणित गर्नुपर्ने छ । ‘लक्षण केही देखिएको छैन भन्नुपर्यो । कन्ट्याक्ट ट्रेसिङको सजिलाको लागि कहाँदेखि आएको हो कहाँ बस्ने हो ? त्यो विवरण भर्नुपर्यो । लोकेटेड कार्ड । त्यो विवरण भर्नुपर्यो,’ विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने ।
यसअघि दैनिक ३० देखि ४० वटासम्म उडान हुने गरेपनि २५ प्रतिशत मात्रै उडान हुने उनले सुनाए । नयाँ निर्देशिकाअनुसार एउटा एयरलाइन्सले नियमित ८ वटा उडान भर्दै आएकोमा अबदेखि २ वटा मात्र उडान गर्न सक्ने छन् । यात्रा अवधिभर यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यात्रा अवधिभर एयरलाइन्सले प्लाष्टिकको फेस एयर समेत दिनेछ । ‘पहिले सहज रुपमा यात्रा हुन्थ्यो । अब नयाँ निर्देशिक पालना गरेर यात्रा गर्नुपर्यो,’ विमानस्थलक सूचना अधिकारी सुवेदीले भने । अरु बेला घुमफिरका लागि पनि यात्रा गर्न पाइए पनि आवश्यक परेको मान्छेले मात्रै यात्रा गर्नु विमानस्थलको आग्रह छ ।
विमानस्थलको फ्रन्टलाइनमा सुरक्षाकर्मी नै खटिने हुनाले सुरक्षाकर्मीहरुले फुल पीपिइको प्रयोग गर्ने छन् । यसअघि पोखरादेखि काठमाडौंसम्मको उडानमा अधिकतम भाडादर ५ हजारसम्म तोकिएपनि भाडादार सस्तो पर्नेछ । न्युनतम २ हजारसम्ममा पनि एयरलाइन्स कम्पनीहरुले उडान भर्ने बुझिएको छ ।
झण्डै सात महिनासम्म विमानस्थलको प्रतिक्षामा बसेको पोखरा विमानस्थलमा यति र बुद्ध एयरका विमानले उडान भर्नेछन् । पहिलो उडान बुद्ध एयरले काठमाडौंदेखि पोखरासम्मको लागि बिहान ८ बजे भर्ने बुद्ध एयरका प्रतिनिधि गौतम बरालले जानकारी दिए ।
६ महिनापछि पहिलो उडान काठमाडौंदेखि पोखरासम्म सूचारु भएलगत्तै जोमसोमको लागि पनि उडान सुरु हुने विमानस्थलले जनाएको छ । पहिलो बुकिङ यति र बुद्ध एयरलाइन्सले खुलाएका छन् । बिहान ८ः२५ मा ७ महिनापछि पहिलो विमान पोखरा विमानस्थलमा अवतरण गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास