शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनापछि पोखरामा विमान उड्दै, यसरी हुँदैछ उडान तयारी (फोटोफिचर)

आइतबार, ०४ असोज २०७७, २३ : ०३
आइतबार, ०४ असोज २०७७

पोखरा । झण्डै ६ महिना लामो लकडाउनपछि भोलिदेखि आन्तरिक उडान सञ्चालन हुँदैछ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान भोलिदेखि सञ्चालन हुने भएका हुन् । उडान सञ्चालनका लागि आवश्यक सुरक्षा सतर्कता, सामाजिक दूरी र डिसइन्फेक्सन लगायतका मापदण्ड पालना गर्दै उडान सञ्चालनको तयारी विमानस्थलले थालेका छन् । उडान सञ्चालनको पूर्वसन्ध्यामा पोखरा क्षेत्रीय विमानस्थलले पनि आफ्नो तयारी थालेको छ । 

विमानस्थलले एक–एक घण्टाको अन्तरमा उडान सेड्युल राखेको छ । यस्तै, बोडिङ पासका एक पटकमा दुईवटा मात्रै एयरलाइन्सले दिन मिल्ने गरि सामाजिक दूरी कायम गरेको छ । यस्तै, टर्मिनल बिल्डिङमा छिरिसकेपछि लगेज डिसइन्फेक्सन गरेर मात्रै होल्डिङ सेन्टरमा पुर्याइने छ । ठाउँ ठाउँमा सेनिटाइजरको व्यवस्था गरिएको छ । 

सामान्य अवस्थामा यात्रुहरु सहज रुपमा आउजाउ गर्न सके पनि अब भने यात्रुले आफू स्वस्थ्य प्रमाणित गर्नुपर्ने छ । ‘लक्षण केही देखिएको छैन भन्नुपर्यो । कन्ट्याक्ट ट्रेसिङको सजिलाको लागि कहाँदेखि आएको हो कहाँ बस्ने हो ? त्यो विवरण भर्नुपर्यो । लोकेटेड कार्ड । त्यो विवरण भर्नुपर्यो,’ विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने । 

यसअघि दैनिक ३० देखि ४० वटासम्म उडान हुने गरेपनि २५ प्रतिशत मात्रै उडान हुने उनले सुनाए । नयाँ निर्देशिकाअनुसार एउटा एयरलाइन्सले नियमित ८ वटा उडान भर्दै आएकोमा अबदेखि २ वटा मात्र उडान गर्न सक्ने छन् ।  यात्रा अवधिभर यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यात्रा अवधिभर एयरलाइन्सले प्लाष्टिकको फेस एयर समेत दिनेछ । ‘पहिले सहज रुपमा यात्रा हुन्थ्यो । अब नयाँ निर्देशिक पालना गरेर यात्रा गर्नुपर्यो,’ विमानस्थलक सूचना अधिकारी सुवेदीले भने । अरु बेला घुमफिरका लागि पनि यात्रा गर्न पाइए पनि आवश्यक परेको मान्छेले मात्रै यात्रा गर्नु विमानस्थलको आग्रह छ  । 

विमानस्थलको फ्रन्टलाइनमा सुरक्षाकर्मी नै खटिने हुनाले सुरक्षाकर्मीहरुले फुल पीपिइको प्रयोग गर्ने छन् । यसअघि पोखरादेखि काठमाडौंसम्मको उडानमा अधिकतम भाडादर ५ हजारसम्म तोकिएपनि भाडादार सस्तो पर्नेछ । न्युनतम २ हजारसम्ममा पनि एयरलाइन्स कम्पनीहरुले उडान भर्ने बुझिएको छ । 

झण्डै सात महिनासम्म विमानस्थलको प्रतिक्षामा बसेको पोखरा विमानस्थलमा यति र बुद्ध एयरका विमानले उडान भर्नेछन् । पहिलो उडान बुद्ध एयरले काठमाडौंदेखि पोखरासम्मको लागि बिहान ८ बजे भर्ने बुद्ध एयरका प्रतिनिधि गौतम बरालले जानकारी दिए । 

६ महिनापछि पहिलो उडान काठमाडौंदेखि पोखरासम्म सूचारु भएलगत्तै जोमसोमको लागि पनि उडान सुरु हुने विमानस्थलले जनाएको छ । पहिलो बुकिङ यति र बुद्ध एयरलाइन्सले खुलाएका छन् ।  बिहान ८ः२५ मा ७ महिनापछि पहिलो विमान पोखरा विमानस्थलमा अवतरण गर्ने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप