शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

आइतबार, ०४ असोज २०७७, २२ : १६
आइतबार, ०४ असोज २०७७

दैलेख । नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ ।  नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताए  ।

सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन् । उनको उपचार नौमूले स्वास्थ्य केन्द्रमा भइरहेको छ । ढुङ्गा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुल्लू नगरपालिका– ९ धामीगाउँका पुरीको शव परीक्षणका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप