शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्वमा बजाजको ‘रोजेरै खुसी’: नयाँ मोटरसाइकलको खरिदमा तीनवटा यस्ता छन् अफर

आइतबार, ०४ असोज २०७७, २० : ४०
आइतबार, ०४ असोज २०७७

काठमाडौं । दशैं र तिहारको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । 

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ । 

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर रु. १०,००० को नगद छुट पाउँन, अथवा ५०प्रतिशत डाउन पेमेन्टमा ०प्रतिशत ब्याज वा २०प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ्गको सुविधामध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन्  । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पनीबाट निकै खुसी हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप