बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गीति संग्रह ‘पहिलो भेटमै’ बजारमा

आइतबार, ०४ असोज २०७७, २० : २९
आइतबार, ०४ असोज २०७७

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द तथा सरिता भारतीको स्वर नयाँ गीति संग्रह ‘पहिलो भेटमै’ बजारमा आएको छ ।

कोरोना संक्रमणका कारण आसपी दुरी कायम गर्दै संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले उक्त गीति संग्रहलाई नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सार्वजनिक गरेका छन् ।

संग्रहमा ‘बजाई देउ बाजा’ तथा ‘पहिलो भेटमा’ शीर्षकका दुई गीत समावेश छन् ।

बजाई देउ बाजा लोक पप शैलीको गीत हो, जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ ।

‘पहिलो भेटमै’ गीतलाई जुगल डंगोलले संगीत गरेका हुन् ।
यसैबीच पहिलो भेटमै‘गीतको भिडियो पनि रिलिज गरिएको छ, जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् ।

रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप