शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरान उप–महानगरपालिकाको कर भुक्तानी अब कनेक्ट आइपीएसमार्फत

आइतबार, ०४ असोज २०७७, १९ : ४३
आइतबार, ०४ असोज २०७७

काठमाडौं । स्थानिय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी धरान उप–महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । 

उक्त धरान उप–महानगरपालिकालाई कनेक्ट आइपीएस ई–पेमेन्टमा राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध गराइएको हो । 

यस सुविधासँगै करदाताले उप–महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत अन्लाइनबाटै भुक्तानी गर्न सक्नेछन् ।

साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ । कोरोनभाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले थप सहजता हुने विश्वास गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप