चन्द्रागिरिबाट २ केजी चरेशसहित एकजना पक्राउ
आइतबार, ०४ असोज २०७७, १९ : २१
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ ईन्चाटोलबाट २ केजी चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको टोलीले मकवानपुरको थाहा नगरपालिका–७ पाखुरे घर भएका सुबिन्द्र स्याङ्तानलाई पक्राउ गरेको हो ।
सुराकको आधारमा नियन्त्रणमा लिएर खानतलासी लिँदा उनको साथबाट २ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । शुक्रवार साँझ पक्राउ गरेर उनलाई लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुबिन्द्र चन्द्रागिरि–१२ मा डेरा लिएर बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा