बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकका तीन नयाँ शाखा कार्यालय संचालन

आइतबार, ०४ असोज २०७७, १८ : ४८
आइतबार, ०४ असोज २०७७

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।     

विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिनअघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । आजैदेखी विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

यससँगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेव प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप