शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा ४ कोरोना संक्रमितको मृत्यु, ८२ संक्रमित थपिए

आइतबार, ०४ असोज २०७७, १८ : २९
आइतबार, ०४ असोज २०७७

जनकपुर । प्रदेश नम्बर २ मा आईतबार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुषगरि कुल ८२ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

२४ घण्टामा थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ । हालसम्म प्रदेशमा २ हजार ३१ महिला र १० हजार ९ सय १५ पुरुष संक्रमित रहेको जनाइएको छ । त्यसमध्ये रौतहटमा सबैभन्दा बढी कोराना संक्रमण पुष्टि भएको छ । रौतहटमा आजमात्र २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरी र सिरहामा १८, पर्सामा १२ र सर्लाहीमा ८ मा पुष्टि भएको छ भने ३४ जना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् ।  प्रदेशका ३२ पुरुष र २ महिला निको भएर घर फर्केका हुन् ।  योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४४ पुगेको छ । अहिलेसम्म निको हुनेहरुमा ८ सय ४ महिला र ६ हजार २ सय ४० जना पुरुष रहेका छन् ।

मृतकको संख्या १ सय २० पुग्यो
कोराना संक्रमणबाट प्रदेश नम्बर २ मा २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ स्थित बलिरामपुर बस्ने ६५ वर्षीय एक पुरुष, रौतहटको गौर नगरपालिका वडा नम्बर १ बस्ने ६१ वर्षीय पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता बस्ने ७८ वर्षीय पुरुष र सोही महानगरपालिका–६ स्थित रेशमकोठी बस्ने ८८ वर्षीय एक पुरुष रहेको जनाइएको छ ।

योसहित प्रदेशमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । जसमा १ सय १ जना पुरुष र १९ जना महिलाले ज्यान गुमाएको निमित्त निर्देशक झाले जानकारी दिए  । संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढी पर्सामा ४२, बारामा १८, धनुषामा १५,  महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप