भोलिबाट उडान सुरु हुने भएपछि यस्तो छ बुद्धको सुरक्षा नीति, होलिडे प्याकेज पनि सार्वजनिक(भिडियो सहित)

काठमाडौं । झण्डै ६ महिनापछि आन्तरिक उडान सुचारु हुने भएपछि बुद्ध एयरले उडानका लागि विभिन्न सर्तसहितको प्याकेज सार्वजनिक गरेको छ ।
विगतको तुलनामा अहिले २५ प्रतिशत मात्रै उडान हुने भएपनि यात्रुको सुरक्षालाई विशेष ध्यान दिइने बुद्धले जनाएको छ ।
सुरक्षित, संक्रमणरहित उडानका लागि बुद्ध एयरले निकै अगाडीदेखि तयारी र पूर्वअभ्यास गर्दै आएको छ । यसका लागि सम्पूर्ण कर्मचारीलाई संक्रमणरहित उडान सेवाका लागि तालिम तथा आवश्यक पीपीई उपलब्ध गराइसकेको जनाएको छ ।
बुद्ध एयरले आज एक भिडियो जारी गर्दै यात्रुहरुले विमानस्थल तथा उडानका बेला के कस्ता सुरक्षित उपायहरु अपनाउने उदाहरणसहित देखाएको छ ।
यसले यात्रुलाई हवाई यात्रा सुरक्षित र संक्रमणरहित हुने र यात्रा गर्न उर्जा थपिने पनि आशा गरेको छ ।
कोभिडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
बुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले पोखराका लागि रु. ५,९९९ र चितवनका लागि रु. ७,९९९ को होलिडे प्याकेजहरु पनि ल्याएको छ । दुई रात तीन दिनको यस प्याकेजमा दुई तर्फि हवाई टिकट, तारे होटलको बसाई, बिहानको खाजा तथा एयरपोर्ट पिकअप ड्रप समावेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल