बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा भेटियो नयाँ गुफा

आइतबार, ०४ असोज २०७७, १७ : ३३
आइतबार, ०४ असोज २०७७

 जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।

साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका अनुसार उक्त गुफामा विभिन्न किसिमका ऐतिहासिक कलाकृति र मनोरम दृष्य छन् ।

उनले उक्त गुफामा  शेष नागको आकृति, ९ वटा दियो, मादल लगायतका विभिन्न आकृतिहरु रहेको बताए । 

आगामी दिनमा उक्त गुफाको विषयमा अनुसन्धान भन्दै उनले प्रचारप्रसार गर्न सकिए पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्य हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप