शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘पन्चेबाजा’ का निर्देशक लामिछानेले ‘आधा खुसी’ ल्याउँदै

आइतबार, ०४ असोज २०७७, १५ : ३९
आइतबार, ०४ असोज २०७७

काठमाडौं । फिल्म बजार बन्द जस्तै भएको अवस्थामा चलचित्रका निर्देशकहरु यतिबेला टेलिभिजनतर्फ आकर्षित हुन थालेका छन् । यस्तैमा फिल्म ‘पन्चेबाजा’ का निर्देशक घनश्याम लामिछाने पनि टेलिभिजनका लागि टेलिश्रृंखला ‘आधा खुसी’ निर्माण गरिरहेका छन् ।

प्रज्ञा फिल्मस् प्रालिको ब्यानरमा निर्माण थालिएको टेलिश्रृंखला ‘आधा खुसी’ कलाकार प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । पारिवारिक प्रेमकथामा आधारित टेलिश्रृंखला ‘आधा खुसी’ मा सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, लय सङ्ग्रौला, लव शर्मा, भावु लम्साल, सुस्मा कार्की, तेज गिरी, पुष्प, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फ्युयाललगायतको अभिनय रहेको छ । 

नयाँ पुस्ताले चाहेको स्वाद र शैलीमा आफुले टेलिश्रृंखला ‘आधा खुसी’ ल्याउन लागेको निर्देशक घनश्याम लामिछानेले बताए । हरि घले लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, विकास चौधरीको संगीत, प्रविशा अधिकारीको स्वर, प्रदिप भारद्वाजको लेखन रहेको टेलिश्रृंखला १२ भागको छायाँकन भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप