शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पदक वितरणमा खेलाडीलाई उपेक्षा

आइतबार, ०४ असोज २०७७, १४ : ५६
आइतबार, ०४ असोज २०७७

धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान पु¥याएका पनि विभूषित भए । तर नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन । 

सोही प्रतियोगिता आयोजना गर्न नेतृत्व भूमिका खेलेका केही पदाधिकारी भने विभूषित भए । नेतृत्व तहका व्यक्तिहरु विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै सवत्र आलोचना भइरहेको छ । 
संविधानसभाबाट जारी भएको संविधानले आइतबार पाँचौ वर्ष पूरा गरेको छ । विश्व भर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पु¥याएका केही मानिस विभूषित पनि भए ।

धेरै क्षेत्र समेटिएको मध्ये खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदकका भागीदार भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे । दक्षिण एसियाकै मेगा इभेन्ट मध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी रहेको छ । 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) का अध्यक्ष दीपक श्रेष्ठले गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता भएकोदुःखेसो पोखे । 
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु पदक तथा विभूषणबाट विभूषित भएका छन् । तर खेललाई नै जिवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआईपिए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ । नेपाली कांग्रेगका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पदक वितरणमा खेलाडीलाई उपेक्षा गरेको भन्दै सरकारलाई सचेत गराएको बताए । 

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो । तर, एक जनालाई पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन । खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य भए । तर पदक दिलाउने सबै खेलाडी अझेलमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप