शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

आइतबार, ०४ असोज २०७७, ०९ : ५४
आइतबार, ०४ असोज २०७७

काठमाडौँ । कोरोनाको महामारीको बेला अग्रपंक्तिमा रहेर सेवामा खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षाका लागि भन्दै नेकपाका युवा नेता प्रेम बुढाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 

बुढाले स्वास्थ्य सुरक्षा सामग्री घोराही–१० नारायणपुरको इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट नारायणपुरलाई सहयोग गरेका हुन् । बुढाले स्वास्थ्य सुरक्षा सामग्रीहरु सेनिटाइजर र मास्कलगायत सहयोग गरेका थिए ।

इप्रका नारायणपुरका इन्चार्ज सइ गणेश गिरी र अस्थायी प्रहरी पोष्टका इन्चार्ज सइ बिबेक महरालाई सयुक्तरुपमा बुढाले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । 

साथै बुढाले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप