शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, तेल भर्ने भागमा आगलागी

आइतबार, ०४ असोज २०७७, ०९ : ३३
आइतबार, ०४ असोज २०७७

काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । 

भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए । 

डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए । 

पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ ।
 
ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित छन् । उनीहरु बिहान मात्रै प्रहरीको सम्पर्कमा आएका हुन् । ट्याङ्करको स्टेयरिङ भाँचिएर नियन्त्रण गर्न नसक्दा पल्टिएको चालक बोहोराले प्रहरीसमक्ष बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप