बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डान्सर तथा अभिनेता किशोर अमन पक्राउ

आइतबार, ०४ असोज २०७७, ०९ : १४
आइतबार, ०४ असोज २०७७

भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको छ । मंगलुरु सिटी प्रहरीले शनिबार यसबारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएको हो । शेट्टी तटीय क्षेत्रका एक चर्चित सेलिब्रिटी हुन् । उनले टिभी रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र बलिउड सुपरहिट फिल्म ‘एबीसीडी– एनिबडी क्यान डान्स’ मा अभिनय गरेर चर्चा बटुले । यो फिल्मलाई डान्स स्टार तथा निर्देशक प्रभुदेवाले निर्देशन गरेका थिए ।

शेट्टी (३०) बाहेक, प्रहरीले अकिल नौशिल (२८)लाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप पक्राय गरेको छ ।

सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकारसँग भने, ‘सिसीबी प्रहरीले आरोपी (शेट्टी र वकिल) लाई आज बिहान पक्राउ गरेको हो । उनले मुम्बईबाट ड्रग्स खरिद गरेका थिए र मंगलुरुमा बेचिरहेका थिए ।’

प्रहरीले उनीहरुबाट एमडीएमए, एक मोटरसाइकल, दुई मोबाइल फोन जफत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप