शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित

आइतबार, ०४ असोज २०७७, ०९ : १४
आइतबार, ०४ असोज २०७७

काठमाडौं – कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ ।  

आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका प्रसनी विरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले रातोपाटीलाई बताए । 

शुक्रवार (२ असोज)को विहानीपख चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल हत्कडी सहित भागेका थिए । 

आरोपीलाई लगाएको एकथान हत्कडी प्रहरी वृत कालिमाटी नजिकैको विष्णुमती खोला किनारामा भेटिएको छ । कालिमाटी क्षेत्रका ‘खुँखार चोर’ भनेर चिनिएका उनीहरु हत्कडीसहित कसरी भागे भन्नेबारे प्रश्न उठेको छ ।

घटना छानविनका लागी महानगरीय प्रहरी कार्यालयका निर्देशनमा काठमाडौं प्रहरीले छानविन समिती बनाउने भएको छ । समिती गठन गरेर त्यसबारे छानविन गरिने महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप