शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्फ आइसोलेशनको नियम तोड्नेलाई १० हजार पाउन्ड जरिवाना

आइतबार, ०४ असोज २०७७, ०८ : २९
आइतबार, ०४ असोज २०७७

बेलायती सरकारले सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड जरिवाना तोक्ने भएको छ ।

सेप्टेम्बर २८ तारिख यता कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको छ ।

नयाँ सुरक्षाको सावधानीमा कम आय श्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस्ता कडा नियम लागू गरेका हुन् ।

शनिबार यहाँ कोभिड–१९ का ४ हजार ४ सय २२ जना संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।

स्कटल्याण्डमा ३५० नयाँ संक्रमित भेटिए । मे महिनापछि दैनिक भेटिएका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो । यस्तै वेल्समा २ सय १२ नयाँ संक्रमित भेटिए भने उत्तरी आयरल्याण्डमा २२२ नयाँ संक्रमित भेटिएका थिए ।

नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवानमा १० हजार पाउन्डसम्म पुग्नेछ ।

यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो । यसमा कुनै जरिवाना तोकिएको थिएन ।

नयाँ नियम घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोनाभाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप