बेल इज ब्याक !
वेल्सका फरवार्ड गेराथ बेल आफ्नो पुरानो क्लब टोटनह्याम हटस्पर्स फर्किएका छन् । स्पेनिस च्याम्पियन रियल म्याड्रिडबाट बेल सिजन लामो लोनमा स्पर्स आएका हुन् ।
३१ वर्षीय बेल सन् २०१३ मा तत्कालिन विश्व कीर्तिमानी ८.५ करोड पाउन्टमा स्पर्सबाट रियलसँग आबद्ध भएका थिए । यस दौरान रियलका लागि उनले १ सयभन्दा बढी गोल गर्दै चारवटा च्याम्पियन्स लिगको उपाधि पनि जित्न सफल रहे । त्यस्तै उनले दुई ला लिगा, कोपा डेल रे, तीन सुपर कप र तीन क्लब विश्वकपको उपाधि पनि जितेका छन् ।
बेल सन् २००७ मा साउथह्याम्पटनबाट ५० लाख पाउन्डमा स्पर्ससँग आबद्ध भएका थिए । ‘यहाँ फर्किन पाउँदा राम्रो लागिरहेको छ । मेरो लागि यो क्लब विशेष छ । यहाँ नै मैले मेरो नाम बनाएको हुँ,’ बेलले भने ।
बेलले आफू चाँडै स्वस्थ्य हुन र टोलीका लागि योगदान दिन आतुर रहेको बताए । यो महिनाको शुरुवातमा बेल वेल्सका लागि खेल्दा घाइते भएका थिए ।
शुरुवाती सिजन रियलका लागि उत्कृष्ट प्रदर्शन गरेका बेल पछिल्लो समय खेल्ने समय नपाउँदा निराश थिए । अझ म्यानेजर जिनेदिन जिदान र क्लबका समर्थकसँग पनि बेलको सम्बन्ध बिग्रिएको थियो ।
प्रिमियर लिगमा बेलले स्पर्सका लागि १४६ खेलमा ४२ गोल गरेका छन् । सन् २०१२–१३ सिजनमा उनले क्लबका लागि २६ गोल गर्नका साथै ११ गोलको अवसर सिर्जना गरेका थिए । उनले दुई पटक पीएफए प्लेयर अफ द सिजन पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद