सङ्क्रमितभन्दा निको हुने बढी

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा. गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताउनुभयो । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् ।
यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
-
सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक पुग्यो
-
अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन
-
मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन
-
जीतविहीन मुम्बईसँग उसैको मैदानमा भिड्दै साबिक विजेता कोलकाता