केन्द्रीय संस्करण

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण

person explore access_timeअसोज ३, २०७७ chat_bubble_outline0

कैलाली । सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ ।  यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो । 


प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६दशमलब ९३ प्रतिशत छ । आजसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९प्रतिशत अर्थात् ७६हजार ५२७जनाको नमूना परीक्षण गरिसकिएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कैलाली, डडेलधुरा, दार्चुला, बझाङ र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४ घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिदा कूल सक्रिय सङ्क्रमित ८४९जना पुगेका छन् ।  

कैलालीमा सबैभन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा ११९, बैतडी ६७,अछाम ६६, बझाङ ६१, कञ्चनपुर ४५, दार्चुला ३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.