चितवनमा एक जना मृत भेटिए
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ वजे अस्पताल नजिक हुँदै बगेको नहरमा भेटिएको थियो । शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरे ।
यसैबीच करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ ।
उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’