बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भुमा ८० परिवारलाई खाद्यान्न वितरण

शनिबार, ०३ असोज २०७७, २१ : ५७
शनिबार, ०३ असोज २०७७

काठमाडौं । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका काठमाडौंको स्वयम्भु क्षेत्रका स्थानीय ८० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । 

स्वयम्भु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब र नेपालतामाङ्ग सांस्कृतिक विकास केन्द्रको समन्वयमा शनिवार आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले राहत वितरण गरेका थिए । 

काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको खाद्यान्न सामाग्री मजदुर तथा विपन्न परिवारलाई वितरण गरिएको हो । अधिकांश मजदुर तथा सामान्य कामकाज भएका परिवार समस्यामा परेको थाहा पाएपछि राहतका लागि वडा कार्यलयमा माग गरिएको र प्राप्त राहत सामाग्री वितरण गरिएको क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए । 

राहत वितरण कार्यक्रममा काठमाडौं महानगर पालिका वाडा नं १५ का सदस्य मैयालक्ष्मी महर्जन, समाजसेवी नानी तामाङ्ग, स्वयंमु एथलेटिक्स क्लबका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रमेश सुनार, महासचिव शैलेन्द्र मान श्रेष्ठलागायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप