शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोर्ड फेस्टिव अफरः फोर्डको गाडी खरिदमा नगद छुट, बीमा र सडक करबाहेक अन्य यस्ता लाभहरु लिन सकिनेछ

शनिबार, ०३ असोज २०७७, २१ : १३
शनिबार, ०३ असोज २०७७

काठमाडौं । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाइल्स प्रा.लि.(जिओ फोर्ड)ले दशैं–तिहारलाई लक्षित गर्दै ‘फोर्ड फेस्टिभ अफर’ ल्याएको छ । 

यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै जसो अटोमोबाइल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन । 

यो वर्ष फोर्ड फेस्टिभ अफरअन्र्तगत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्धतीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु प्नि लिन सक्छन् । गाडीको बुकिङ्गमानगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

योजना १
स्क्र्याच कार्ड

ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनौट गरी रु.४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाच कार्डमाग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु.१,५०,००० सम्म हुनेछ । यो अफरअन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत एसेसरिज प्राप्त गर्दछन । 

योजना २ 
६ महिने ईएमआई होलिडे

यस योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसरज र बीमा पनि प्राप्त गर्दछन् ।

योजना ३
स्थगित भुक्तानी (
Deferred Payment)

यस–योजनाअन्तर्गत ग्राहकले ३०% रकम डाउन पेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई  गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । 

यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरीसकेपछि, बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको  किस्ता पहिले व्याहोर्न पर्ने छैन । 

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाइल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप