शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता राजेश हमालद्वारा १ सय १३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग

शनिबार, ०३ असोज २०७७, २१ : १२
शनिबार, ०३ असोज २०७७

काठमाडौं । अभिनेता राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा अभिनेता हमालले १ सय १३ जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

त्यसक्रममा अभिनेता हमामालले प्राविधिकहरु आफ्ना लागि सधैं उच्च स्थानमा रहेको प्रतिक्रिया दिँदै आफूले प्रदान गरेको सहयोगक रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे ।

अभिनेता हमालले भविष्यमा आवश्यक परेको खण्डमा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

अभिनेता हमालले उक्त कार्यक्रमका लागि उनलाई विदेशका केही साथीहरुले सहयोग गरेको समेत बताउँदै उनीहरुलाई धन्यवाद समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप