बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू

शनिबार, ०३ असोज २०७७, २१ : १२
शनिबार, ०३ असोज २०७७

काठमाडौँ । सर्लाहीको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । 

हिन्दु र मुस्लिमको सम्भावित झडपलाई रोक्न पुरानो मलंगवा नगरक्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रजिअ सुरेन्द्र पौडेलले रातोपाटीलाई बताए । 

 शुक्रवार मलंगवा नगरपालिका–३ विश्वकर्मा चोकमा पुजा गरेर मुर्ती सेलाउन लैजाँदा बाटोमा पर्ने मस्जिद नजिक डिजे बाजाको बिषयमा हिन्दु–मुस्लिमबिच विवाद र झगडा भएको थियो । 

सोही विषयले धार्मिक दंगा भड्कन सक्ने आकलन गर्दै शनिवार साढे १ बजेदेखि आइतबार विहान ८ बजेसम्म कर्फ्यू लगाईएको प्रमुख जिल्ला अधिकारी पौडेलले रातोपाटीलाई बताए । 

कर्फ्यू अवधिमा आवत–जावत र भेला जम्मा हुन पाईंदैन् । स्थानीय प्रशासन ऐन– ०२८ को दफा ६ (क) (१)अनुसार प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप